मतदाताप्रति हिमेशको आक्रोश: धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन
धादिङ | मंसिर ७, २०७९
काठमाडौं: प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार पनि चुनावी मैदानमा छन् । कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् ।
मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि छन् ।
मत परिणाममा पछि परेपछि पन्तले दूरदराजका मतदाताको चेतनास्तरमाथि नै टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजमार्ग क्षेत्र र नगरपालिका क्षेत्रका मतदाता बुझ्ने भएपनि गाउँ र लेकका मानिसको चेतनास्तरमा सुधार नआएकाले आफूले कम पाएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘हामी प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन ।’
देशका प्रमुख सहरी क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला आफू पछि परेपछि आक्रोश पोख्दै पन्तले विना संगठन आफूले सम्मानित मत पाएको बताएका छन् ।
उम्मेदवार पन्तको फेसबुक स्टाटस

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

