म्याग्दीको प्रदेश २ मा गठबन्धनका जुग्जाली विजयी
म्याग्दी | मंसिर ६, २०७९
म्याग्दीः म्याग्दीको प्रदेशसभा २ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रेशम जुग्जाली (सुविन) विजयी हुनुभएको छ ।
जुग्जाली उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार यामबहादुर गर्बुजालाई एक सय एक मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । जुग्जालीले नौ हजार चार सय ५४ मतसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गर्बुजाले नौ हजार तीन सय ५३ प्राप्त गर्नुभएको छ ।
माओवादी केन्द्रका म्याग्दी संयोजक रहनुभएका जुग्जाली गत स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिका अध्यक्षमा एमालेबाट पराजित हुनुभएको थियो । उहाँ विसं २०७४ को स्थानीय तहमा मालिका गाउँपालिका–७ विमको वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

