तनहुँको २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायमै

तनहुँ | मंसिर ६, २०७९

तनहुँको २ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको अग्रता कायमै

तनहुँ:  तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।


क्षेत्र नम्बर –१ मा सात हजार १७४ मत गणना हुँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ९२ बढी मत ल्याएर अग्रता लिनुभएको छ । नेता पौडेलले दुई हजार ४३७ मत पाउनुभएको छ । एमालेका उम्मेदवार एकबहादुर रानाले दुई हजार ३४५ मत ल्याई दोस्रो स्थानमा हुनुहुन्छ । 


क्षेत्र नम्बर २ मा भने फराकिलो मतान्तरले भण्डारी अगाडि हुनुहुन्छ । ४१ हजार ७३३ मत गणना हुँदा भण्डारी तीन हजार ५३१ मतले अगाडि हुनुहुन्छ । भण्डारी  १९ हजार २२१ मत प्राप्त गर्नुभएको छ । एमालेका किरण गुरुङले १५ हजार ६९० मत प्राप्त गर्नुभएको छ । 


यसैगरी, प्रदेश सभा सदस्यमा पनि सत्ता गठबन्धनको अग्रता लिएको छ । क्षेत्र नम्बर २ को ९क० मा १६ हजार १९ मतगणना हुँदा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपानेले ६ हजार ६३७ मत पाउनुभएको छ । एमालेका श्यामराजा महतले पाँच हजार ९१९ मत पाउनुभएको छ । 


त्यस्तै, (ख) मा ११ हजार ३०८ मत गणना हुँदा कांग्रेसका जितप्रकाश आलेले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको छ । एमालेका केदार सिग्देलले चार हजार ८४० मत पाउनुभएको छ । 


क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यमा समेत सत्ता गठबन्धनले अग्रता लिएको छ । प्रदेश (ख) पाँच हजार ६६९ मत गणना हुँदा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार ७२६ मत प्राप्त गर्नुभएको छ । एमालेका पूर्णबहादुर गुरुङले एक हजार ५०२ मत प्राप्त गर्नुभएको छ । (क) तीन हजार १८ मत गणना हुँदा कांग्रेसका अशोककुमार श्रेष्ठले एक हजार २२४ मत पाउनुभएको छ । एमालेका रामबहादुर गुरुङले सात सय ७७ मत पाउनुभएको छ । 

पोखरा:  कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रति...

थप पढ्नुहोस्

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्