रौतहटको दुई मतदान केन्द्रमा झडप हुँदा प्रहरीद्वारा हवाई फायर
रौतहट | मंसिर ४, २०७९

रौतहट: रौतहटको दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिकामा स्थित मावी कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिका स्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।
जिल्लामा शान्ति पूर्ण अवस्था नरहेको प्रहरी प्रवक्ता मल्लले बताएका छन् । रौतहटको क्षेत्र नं–३ मा पर्ने कनकपुर मावीमा बुथ मित्र झडप हुन थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएका छन् ।
यता रौतहट क्षेत्र नं–४ मा पर्ने गरुडा नगरपालिका स्थित प्रावि भवन अमर पटी बुथमा मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले अवस्थगा नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बुझिएको छ ।
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजि...
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...