अन्नपूर्ण गापाको पदभार सम्हाल्दै अध्यक्षको निर्णयः ६४ सय घरधुरीलाई स्वास्थ्य बीमा
काठमाडाैं | जेठ ९, २०७९

कास्कीः अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विष्णुबहादुर केसीले आज सपथ एवं पदभार ग्रहण गरेका छन् ।
पदभारलगत्तै बसेको पहिलो बैठकबाट अध्यक्ष केसीले पालिकावासीलाई स्वास्थ्य बीमाको सेवा दिने बताएका छन् । बैठकको निर्णयानुसार आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ६ हजार ४०६ धरपरिवारलाई बीमा गराइनेछ ।
जसअनुसार बीमा शूल्क रहेको ३५ सय रुपैयाँमा पालिकाले पचास प्रतिशत व्यहोर्ने निर्णय गरिएको केसीले जानकारी दिएका छन् ।
त्यस्तै, उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँपालिकाभित्र रहेका अपांग र असहायहरुको सामाजिक सुरक्षामा योजना अनुरुप स्वास्थ्य परीक्षण र अपांगता परिचयपत्र उपलब्ध गराउने निर्णय भएको उल्लेख गरिन् । त्यस्तै, स्वास्थ्य
परीक्षण र परिचयपत्र वितरण सम्बन्धित वडाको टोलटोलमा पुगेर उपलब्ध गराउने अधिकारीले बताएकी छिन् ।
अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् ।
काठमाडौं: २४ भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा आगजनी गरी हतियारलगायतका विभिन्न सामान चोरी गर्नेलाई पक्राउ गर्न थालिएको छ । नेपाली सेना र शसस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा सामान चोरी ...
काठमाडौं: नेपाली सेनाले भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई अनुरोध गरेको छ । विद्यमान परिस्थितीमा नेपाली सेनालाई जोडेर पछिल्लो समय विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणह...
तनहुँ: तनहुँमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन् । सेती नदी र बुल्दीखोलामा दुई महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी न...