पाल्पा अपडेटः १० स्थानीय तहमा एमाले, कांग्रेस ३ र माओवादी १ स्थानमा विजयी
काठमाडाैं | जेठ ९, २०७९

पाल्पा, पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारले बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी, माथागढी र तिनाउ गाउँपालिकाको अध्यक्ष जितेको हो । तिनाउ गाउँपालिकामा भने उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।
२०७४ सालको निर्वाचनमा एमालेले पाल्पाको छ वटा पालिका जितेको थियो । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले पहिले जितेको रिब्दीकोट गुमाएको छ भने पहिले कांग्रेसले जितेको माथागढीमा एमालेका उम्मेदवार विजयी भएको छ । पाल्पामा एमालेले अध्यक्ष र उपाध्यक्षको सङ्ख्या ११ पु-याएको छ ।
यस्तै, कांग्रेसले जिल्लाका दुई नगरपालिकासहित तीन पालिकामा आफ्नो उम्मेदवारलाई जिताएको छ । कांग्रेसले जिल्ला सदरमुकाम तानसेन, रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा आफ्नो उम्मेदवारलाई विजयी बनाएको छ ।
रामपुर नगरपालिकामाबाहेक तानसेन र रैनादेवी छहरामा गठबन्धनमा आबद्ध दल माओवादीसँग तालमेल गरेर कांग्रेसका उम्मेदवार विजयी बनेका हुन् । तानसेनको उपप्रमुख र रैनादेवी छहराको उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन् ।
२०७४ सालको निर्वाचनमा एउटा पालिकामा पनि प्रमुख पद जित्न नसकेको माओवादीले यसपटक रिब्दीकोट गाउँपालिकामा अध्यक्ष जितेको छ । माओवादी र कांग्रेसको गठबन्धनबाट रिब्दीकोटमा माओवादीले अध्यक्ष र कांग्रेसका उम्मेदवारले उपाध्यक्ष पदमा जितेको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार जिल्लाका ८१ वटा वडामा एमालेले ४१, कांग्रेसले ३६, माओवादीले तीन र राष्ट्रिय जनमोर्चाले एक अध्यक्षसहितको पद जितेको छ ।
पाल्पा: पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...
पोखरा: पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ । वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...