महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी रकम भुक्तानी
पाेखरा | कात्तिक ३०, २०७९
पोखरा: महालक्ष्मी लाईफ इन्स्योरेन्सले मृत्यु दाबी (बीमाङ्क) रकम भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले (बीमा लेख नम्बर ४०१००००५८८ का) शुक्लागण्डकी नगरपालिका ११ तनहुँका बीमित कमल बहादर चन्दको परिवारलाई बीमा रकम भुक्तानी गरेको हो ।
स्वर्गीय बीमित चन्दले भदौं ३१ गते महालक्ष्मी लाईफ इन्स्योरेन्समा १५ लाख रुपैयाँको बीमा गरेका थिए । बीमितको आकस्मिक मृत्यु भएकाले चन्दले इन्छाएको व्यक्तिलाई १६ लाख ५० हजार रुपैयाँ बीमितका छोरा अमृत कुमार चन्दलाई बीमा कम्पनीका क्षेत्रीय प्रबन्धक अखिल धमलाले हस्तातरण गरेका थिए ।
स्वर्गीय चन्दले इन्स्योरेन्समा २ किस्तामा ३ लाख ४५ हजार ४ सय ३५ रुपैयाँ जम्मा गरेका थिए । चन्दको ०७९ साउन २५ गते मृत्यु भएको थियो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

