अन्नपूर्णका माओवादी केन्द्रका सचिव नवीनसहित २४ जना एमालेमा प्रवेश
पाेखरा | कात्तिक ३०, २०७९
पोखरा: कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नविन गिरीसहित २४ जना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारी र नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका सहइन्चार्ज कृष्ण थापा लगायतले एक विशेष कार्यक्रममा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवीन गिरीले आफु एमालेको नीति कार्यक्रमबाट प्रभावित भएर प्रवेश गरेको बताउँदै देश र जनताको समृद्धि एमालेले मात्रै गर्न सक्ने बताए ।
उनले देश र जनताको सेवामा एमालेमा आवद्ध भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाए । गिरीले मंसिर ४ गते हुने निर्वाचनमा सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउन हर तरहले लागि पर्ने बताए ।
पार्टीमा स्वागत गर्दै प्रतिनिधि सभाका उम्मेदवार वैरागीले उत्कृष्ट योजना सहित एमाले निर्वाचनमा आएको र विकासको सफल नायक एमाले भएको विगतका कार्यले पुष्टि गरेको बताए ।
प्रदेश सभाका उम्मेदवार पहारीले निरन्तर जनताको सेवामा लागेका विभिन्न दलमा आवद्ध अन्य नेता कार्यकर्तालाई एमालेमा समाहित हुन ढिला गर्न नहुने उल्लेख गरेको कुराको जानकारी युवा संघ नेपालका नेता राजेन्द्र गिरीले दिए ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

