अन्नपूर्णका माओवादी केन्द्रका सचिव नवीनसहित २४ जना एमालेमा प्रवेश

पाेखरा | कात्तिक ३०, २०७९

अन्नपूर्णका माओवादी केन्द्रका सचिव नवीनसहित २४ जना एमालेमा प्रवेश

पोखरा:  कास्की क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रलाई ठुलो झड्का लागेको छ । मंसिर ४ गते हुने निर्वाचनको मुखैमा  कास्की क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिकाका माओवादी केन्द्रका सचिव नविन गिरीसहित २४ जना माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।


उनीहरुलाई क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागी, ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारी र नेकपा एमालेका केन्द्रिय सदस्य तथा कास्की जिल्लाका सहइन्चार्ज कृष्ण थापा लगायतले एक विशेष कार्यक्रममा स्वागत गरेका हुन् ।


पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवीन गिरीले आफु एमालेको नीति कार्यक्रमबाट प्रभावित भएर प्रवेश गरेको बताउँदै देश र जनताको समृद्धि एमालेले मात्रै गर्न सक्ने बताए ।

 
उनले देश र जनताको सेवामा एमालेमा आवद्ध भएर निरन्तर कार्य गर्ने प्रतिवद्धता जनाए । गिरीले मंसिर ४ गते हुने निर्वाचनमा सबै एक भएर सूर्य चिन्ह बाहक उम्मेदवारलाई भारी मतले जिताउन हर तरहले लागि पर्ने बताए ।


पार्टीमा स्वागत गर्दै प्रतिनिधि सभाका उम्मेदवार वैरागीले उत्कृष्ट योजना सहित एमाले निर्वाचनमा आएको र विकासको सफल नायक एमाले भएको विगतका कार्यले पुष्टि गरेको बताए ।

 
प्रदेश सभाका उम्मेदवार पहारीले निरन्तर जनताको सेवामा लागेका विभिन्न दलमा आवद्ध अन्य नेता कार्यकर्तालाई एमालेमा समाहित हुन ढिला गर्न नहुने उल्लेख गरेको कुराको जानकारी युवा संघ नेपालका नेता राजेन्द्र गिरीले दिए ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्