‘व्यवसाय विकास कोष’ स्थापना गरि व्यवसायीको समस्या समाधान गर्नुपर्छ: अरुण गिरी

पाेखरा | कात्तिक २९, २०७९

‘व्यवसाय विकास कोष’ स्थापना गरि व्यवसायीको समस्या समाधान गर्नुपर्छ: अरुण गिरी

पोखरा: कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना गर्नुपर्ने अवधारणा अगाडि सारेका छन् । नागरिकको लगानी सुरक्षणका लागि राज्यले व्यवसाय विकास कोषको स्थापना गरि कार्यान्वयनमा ल्याउने नीति तत्काल अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।


सोमबार पोखराको वडा नम्बर ९ मा पर्ने महेन्द्रपुल, बाँस्तोलाथर, नयाँबजार, न्यूरोड लगाएतका क्षेत्रमा चुनावी घरदैलो गरेका गिरीले पछिल्लो समय राज्यको आर्थिक नीतिकै कारण व्यवसायीहरु झन् मारमा परेको उल्लेख गर्दै तत्काल उनीहरुको समस्याको विषयमा सम्धोबन हुनुपर्ने बताए । विशेषगरि प्रकोप र महामारीमा परेका व्यसायीको उद्दार, विकास र स्टार्टअप व्यवसायलाई सहयोग गर्ने दायित्वबाट राज्य भाग्न नहुने उनले बताए ।


‘राज्यको मुल आयस्रोत भनेकै व्यवसायीहरुले तिर्ने कर हो । यदि व्यवसायीहरुलाई अप्ठेरो परेको बेलामा राज्यले उनीहरुको लगानी सुरक्षा गर्ने नीति नलिने हो भने देशको अर्थतन्त्र नै प्रभावित बन्न सक्छ ।’ गिरीले भने, ‘त्यसैले गण्डकी प्रदेशसभामा म निर्वाचित भएपछि व्यवसाय विकास कोषको अवधारणामा तत्कालै नीतिगत काम शुरु गरिहाल्नेछु । र, यसका लागि अन्य प्रदेशसभा सदस्यहरुलाई पनि मेरो तर्फबाट राजी गराउनेछु।’


बजार क्षेत्रमा भएको घरदैलोको क्रममा गिरी अधिकांश व्यवसायिक प्रतिष्ठानहरुमा पुगेका थिए । सो क्षेत्रका मतदाताहरुले महामारीपछिको अर्थतन्त्र बिग्रदा आफूहरुको व्यवसाय चौपट हुँदै गएको र राज्यस्तरबाट कुनै पनि खालको सुविधा आफूहरुले प्राप्त नगरेको गुनासो गरेका थिए । राज्यकै आर्थिक नीतिको आडमा बैंक तथा वीत्तिय संस्थाहरुले व्यवसायीमाथि विभिन्न वहानामा अप्ठेरो पार्दै गएकोले नीतिगत रुपमा यो विषयमा राज्यले सम्बोधन गर्नुपर्ने व्यवसायीहरुले बताएका थिए ।


गिरीले मतदाताहरुको समस्यालाई नीतिगत रुपमा आफू निर्वाचित भएपछि समाधान गर्नेतर्फ लाग्ने वाचा गरे । साथै उनले शहरी क्षेत्रको समग्र विकासका लागि विशेष रुपमा गुरुयोजना निर्माण गर्नुपर्ने बताए ।


अर्को प्रसंगमा गिरीले गफ दिने र पैसा खर्च गरेर मत प्रभावित पार्न खोज्ने ठुला दलका उम्मेदवारहरुसँग नझुक्किन मतदाताहरुलाई आग्रह गरे । ‘म मेरो पार्टी राप्रपाको एजेन्डासँग सहमत छु । र, मलाई यो देशको विकासको चिन्ता छ । हरेक हिसाबले मतदाताको समस्यालाई समाधान गर्न म कटिबद्ध भएर लाग्नेछु ।’ गिरीले भने, ‘त्यसका लागि सबै मतदाताहरुले काम गर्न सक्ने र भिजन भएका उम्मेदवार छान्नुपर्ने हुन्छ । त्यसका लागि राप्रपालाई मत दिएर जिताउन आवश्यक छ ।’ 

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ।  कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...

थप पढ्नुहोस्