डाडाँमा रेल होइन, हामीलाई पिच बाटो चाँहियो: कास्की २ मतदाता

पाेखरा | कात्तिक २८, २०७९

डाडाँमा रेल होइन, हामीलाई पिच बाटो चाँहियो:  कास्की २ मतदाता

 

पोखरा:  कास्की क्षेत्र नम्बर २ का मतदाताहरुले डाडाँमा रेल होईन् घर छेवैको बाटो पिच गरिदिने प्रतिवद्ध गठबन्धनका नेतालाई भोट हाल्ने बताएका छन् । पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलोका क्रममा पोखरा १५ पुग्दा त्यहाँका जनताहरुले ठूला ठूला आश्वासन देखाउनुभन्दा स–साना समस्या समाधान गरिदिन पहल गरेका थिए । 


पोखरा १५ का मतदाता चन्द्रकिशोर गौतमले रेलको सपना देखाउन भन्दा पनि जतनाका स–साना समस्यामा साथ दिन आग्रह गरेका थिए । ‘पहिला पनि कुन रेल भने पानी जहाज भने ग्यासको पाईप भनेर भोट मागे ५ वर्षसम्म केही गरेनन्,’ उनले भने, ‘यो पटक नि मट्टिखानको डाडाँमा रेल भन्ने सुनेको छु त्यो हुँदै नहुने सपना किन बाड्ने? हामीलाई बाटो बनाईदिए भयो, पानी, पानी बिजुली, स्वास्थ्य, शिक्षा जस्ता विषयमा ध्यान दिए भईहाल्यो नि ।’ अन्य स्थानीय पनि त्यस्तै माग गरिहेका थिए । केही दिन अघि विपक्षी पार्टीको नेताको प्रतिबद्धतापत्रमा पर्यटन र संस्कृति शीर्षकमा कृस्ती, निर्मलपोखरी, भरतपोखरी, मट्टिखान, हुँडिकोटमा पर्यटकीय आकर्षणको रिजलाइन (डाँडामा रेल सेवा) सञ्चालन गर्न सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइने बुँदा समेटिएको थियो । त्यही विषयलाई लिएर पोखरा १५ का स्थानीयलाई गठबन्धनका उम्मेदवारलाई प्रश्न गरेका थिए । 


उनीहरुको समस्या र मागमा गठबन्धनबाट कास्की २ मा उम्मेदवार बनेको श्रीनाथ बरालले आफूहरु जनतालाई सपना देखाउनभन्दा पनि काम गरेर देखाउन आएको बताए । गठबन्धनको प्रतिवद्धता पत्र देखाउँदै कुनै पनि पुरा नहुने विषय नरहेको स्पष्ट पारे । त्यसपछि धेरैले गठबन्धनका नेतालाई साथ दिने बताएका थिए । 


घरदैलौ कार्यक्रममा बरालले देलाई अप्ठ्यारो पर्ने बेलामा काँग्रेस र कम्युनिस्ट एकै ठाउँमा भएको बताए ।  गठबन्धनका उम्मेदवारहरुले जितेमा महिला र युवा केन्द्रित कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाए । पोखराको बजारको सवारी चाप घटाउन बाईपास रोड बनाउने, नगर बसलाई ब्यवस्थित बनाउने, पछि परेको समुदाय र गरिबी सुकुम्बासीलाई माथि उठाउन छुट्टै ऐनको लागि पहल गर्ने उनको भनाई थियो ।  


यस्तै कास्की १ (क) का उम्मेदवा विश्वप्रकाश लामिछाने संविधानमा लेखिएको मौलिम हक पूरा गर्ने बताए । आफूहरुसँग सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने योजना रहेकोकाले गठबन्धनलाई जिताउन उनको आग्रह थियो । गठबन्धनको सरकार बनेको समयमै नै धेरै ठाउँमा सुकुम्बासीलाई निस्सा वितरणको काम सरु गरिएको उनले सम्झिए । निस्सा लिएकाहरुलाई लालपुर्जा प्रदान गर्न पनि अब फेरी गठबन्धनकै उम्मेद्वारले जित्नुपर्ने उनले बताए । 


कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापा सोमबार पोखरा ८ को घरदैलो थिए । उनले निर्वाचनमा  स्थानीयको सहभागिताले चुनावमा उत्साहित बनाएको बताए । मतदाताको सुझाव, समस्या र गुनासा सुनेपछि आफू निर्वाचित भएमा समाधान गर्ने प्रतिवद्धता जनाए । उनले निर्वाचनका समयमा मतदाता शिक्षा महत्वपूर्ण रहेकोेले धेरै मतदाताको पुगेर बुझाउन उनको आग्रह थियो । सुशासन, पारदर्शिता र भ्रष्टाचार मुक्त समाज मुख्य एजेण्डा भएको उनले सुनाए । 
 

चितवन:  मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना द...

थप पढ्नुहोस्

पोखरा:    यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामग्री वितरण गरेको छ ।  क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छ...

थप पढ्नुहोस्

कैलाली:     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी नियुक्त भएका छन् ।  प्रदेश प्रमुख नजिर मियाँले आज सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  ...

थप पढ्नुहोस्