पोखरा १५ को ५ औँ संस्करणको सफाइ अभियान, दुई मतदान केन्द्र वरपर सरसफाइ
पाेखरा | कात्तिक २६, २०७९
पोखरा: पोखरा महानगरपालिका वडा नं –१५ को ५ औँ संस्करणको बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
पोखरा –१५ फलेपाटनस्थित श्री सिद्ध उच्च माध्यमिक विद्यालय परिसरबाट सुरु भएको सफाइ अभियान कोल पाटन हुँदै राधे राधे मन्दिरसम्म पुगेर सम्पन्न भएको हो ।
सफाइ कार्यक्रममा सहभागी सबैलाई सम्बोधन गर्दै वडाका वडा अध्यक्ष तोरण बहादुर बानियाँले ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियान स्वरूप सरसफाइ कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
विशेष गरी आजको सफाइ कार्यक्रम आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा चुनावको मतदान केन्द्रलाई लक्षित गरी अभियान चलाइएको वडा सदस्य आशिष भण्डारीले बताए । उनले पोखरा –१५ का दुई मतदान केन्द्र श्री सिद्ध उच्च माध्यमिक विद्यालय र वडा कार्यालय अगाडिको मतदान केन्द्रलाई केन्द्रित गरी सरसफाइ गरिएको बताए। साथै सफाइ अभियानमा सहभागी टोल विकास संस्था, आमा समूह, युवा क्लब लगायत उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी शृङ्खलामा पनि वडावासीको सहभागिता रहने उनले विश्वास व्यक्त गरे ।
अभियानमा सहभागी सबैलाई वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियाले मास्क तथा ग्लोब वितरण गरेकी थिइन्। सफाइ अभियानको छैटौँ शृङ्खला आगामी मङ्सिर २४ गते हुनेछ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

