पहिलो पटक मतदान गर्नेहरुले छान्दैछन् यस्ता उम्मेदवार
पाेखरा | कात्तिक २४, २०७९

पोखरा: मंसिर ४ गतेको चुनावी माहोल दिनप्रतिदिन बढीरहेको छ । मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई कात्तिक १७ देखि १ गतेसम्म चुनावी प्रचारप्रसार, जुलुुस, आमसभा गर्न अनुमति दिएसँगै चुनावी सरगर्मी बढेको छ ।
२०७४ को प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा नेकपा एमाले, माओवादी र जनमोर्चा सयुक्त बामगठबन्धन गरी निर्वाचनमा होमिए, दुईतिहाईसहित केही वर्ष स्थिर सरकार चलाए तर बाम गठबन्धन ५ वर्षपनि टिक्न सकेन ।
बाम गठबन्धन फुटेर अहिले पाँचदलिय गठबन्धन र केही जिल्लामा एमालेसहितका गठबन्धनसँगै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवार मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा जुटिरहेका छन् । सबैले आफु चुनाव जितेर गए देशसँगै आफ्नो क्षेत्रको विकाससँगै समृद्धको सपना बाँड्दै चुनावी प्रचारप्रसारमा लागेका छन् ।
तर राजनीतिक दलको हबिगत हेर्दा अहिले युवापुस्ताहरु भने सन्तुष्ट देखिदैनन् । यसैबीच, निर्वाचन विशेष समाचार रिपोर्टिङकोक्रममा भेटिइन पर्वत कुश्मा नगरापालिका ११ का सुमित्रा रिमाल । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन उनको पहिलो मतदानको अनुभव हो । उनले स्थानीय निर्वाचनमा पार्टी र कसैको सिद्धान्त नहेरी योग्य जनप्रतिनिधिलाई मतदान (भोट) दिएको बताइन् ।
उमेरले २५ वर्ष पुगेका रिमाल पोखरामा बस्दै आएकी छिन् । आफु शारीरिक अपाङ्गता भएका कारण आफुसँगै अपाङ्गता भएका नागरिकको पक्षमा र देशलाई समृद्ध बनाउने उम्मेदवारलाई मतदान गर्ने उनको योजना रहेको छ ।
यस्तै म्याग्दीको मालिका गाउँपालिका ३ स्थायी घर भएका मिलन पर्तेलसँग मतदान गर्न पाउने परिचय पत्र नभएका कारण मतदान गर्न नपाउने भए पनि योग्य व्यक्तिलाई मतदान गर्न सुझाव दिए । ‘म्याग्दी हिमाली जिल्लामा कायम भएपनि त्यही अनुसारको राज्यबाट नीति निर्माण र बजेट बिनियोजन हुन सकेको छैन’, उनले भने,‘ समर्ग म्याग्दी बासीको समस्यालाई समाधान गर्न सक्ने र जिल्लाको विकासमा विशेष ध्यान पुर्याउन सक्ने उम्मेदवारलाई मतदान गर्नुहोला ।’
बजार देखि गाउँको आगनसम्म चुनावी माहोलले तातिरहेको छ । कस्तो उम्मेदवारलाई विजयी बनाउने जिम्मामा मतदाताको हातमा रहेको छ । यस्तै दृष्टिविहिन सञ्जु रानाले भने दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएको व्यक्तिको पक्षमा वकालत गर्ने उम्मेदवारलाई मतदान गर्ने योजना सुनाइन् ।
२७ वर्षीय राना स्याङ्जाका मतदाता हुन् । उनले आफै मतदान गर्न भने सक्दैन् कारण हो उनी दृष्टि बिहिन जसले गर्दा गएको बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा मतदान गर्न बाबाको सहयोग लिनुपरेको थियो ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा शिक्षा संकायमा स्नातकोत्तर चौथो सेमेष्टरमा अध्ययनरत उनी योग्य र सक्षम नेतृत्व चुन्न मंसिर ४ गतेको निर्वाचनमा सहभागी हुदैछिन् ।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा ७४ को निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेका उम्मेदवार निर्वाचित भएका थिए । तर यस पटक यसै क्षेत्रका मतदाता सर्पन भुजेलले यस निर्वाचनमा फरक उम्मेदवारले जित्नुपर्ने तर्क राखे । ‘आफ्नो पक्षमा मतदान गर्न राजनीतिक पार्टीदेखि स्वतन्त्र उम्मेदवार घरदैलोमा आएका छन्’ उनले भने, अघिल्लो निर्वाचनमा जितेर गएका उम्मेदवारले सोजेजस्तो काम गर्न नसकेकाले फरक उम्मेदवारलाई मतदान गर्न पर्छ ।’
काठमाडौं: समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय,...
काठमाडौं: नेपाल सरकारले वर्तमान समयमा इजरायल र इरानको भ्रमण नगर्न अपिल गरेको छ । इजरायल र इरानबिचको द्वन्द्वका कारण सृजित घटनाक्रमलाई ध्यानमा राख्दै सरकारले अर्को सूचना जारी नभएसम्म अत्यावश्यक ...
तनहुँ: बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको चितुवाको आक्रमणमा परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ आफ्नै घरआँगनमा ...