जन्मदिनको अवसरमा १२ युवालाई निशुल्क कम्प्युटर तालिम
पाेखरा | कात्तिक २२, २०७९

पोखरा : युवा ब्यवशायी पूर्ण कुमार श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी विभिन्न ब्यक्तिहरुलाई निः शुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएका छन ।
पोखराका विभिन्न संघ संस्थामा आवद्ध श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारी १२ जना युवाहरुलाई निशुल्क कम्प्यूटर शिक्षा प्रदान गर्न लागेका हुन ।
श्रेष्ठले जन्मदिनको अवसरमा साथीहरु संघ रमाइलो गरी खर्च गर्ने पैसाले आफु भन्दा कम अवसर पाएको र पर्याप्त तालिमको कमीका कारण रोजगार बिहिनहरुलाई रोजगार दिने उद्देश्यले १ लाख बराबरको खर्चमा उक्त तालिम निशुल्क रुपमा प्रदान गर्न लागेका हुन् ।
श्रेष्ठले आफुले संचालन गरेको संध्या जब्स प्रा.लि र युवा ब्यवशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी गठन गरिएको “युथ कम्युनिटी क्लब”को आयोजनामा ६ जना युवालाई बेसिक कम्प्युटर तलिम र ६ जनालाई कम्प्युटर हार्डवेयर नेटवर्किङ तालिम दिने बताए ।
पोखरामा बिगत १० वर्षदेखि रोजगार सम्बन्धी विभिन्न तालिम तथा परामर्श सहित रोजगार र संघ संस्थाहरुको लागि कर्मचारी साथै पोखराका एजेन्सीको रुपमा काम गर्दै आइरहेको हजारौ युवालाई रोजगार दिलाउन सफल संध्या जब्स प्रा लि बुद्धचोकमा उक्त तालिम प्रदान गरिने श्रेष्ठले वताए । तालिममा सहभागीहरुलाई रोजगारको समेत अवसर प्रदान गरिने र आगामी दिनमा सन्ध्या जब्स प्रालिबाट निशुल्क रोजगार उपलब्ध गराउने समेत बताए ।
युवा ब्यवशायी श्रेष्ठले संध्या जब्स प्रालि संगै युवा ब्यवयशायीहरु बिच साथ सहयोग र सहकार्यका लागी “युथ कम्युनिटी क्लब” गठन गरी पोखरा साथै नेपाल भरिनै विगत तीन बर्षदेखी युवाहरुलाई ब्यवसायमा संलग्न बनाउदै आएका छन ।
श्रेष्ठले आगामी दिनमा पनि रोजगारी नपाएकाहरुलाई नेपालमै रोजगार दिलाउनका लागि विभिन्न तालिम परामर्श सहित निःशुल्क रोजागार उपलब्ध गराउने आफ्नो कम्पनीको उद्देश्य रहेको समेत वताएका छन । श्रेष्ठले जन्मदिनको अवसरमा विभिन्न संघ संस्थाबाट उपहार स्वरुप प्राप्त केक काटी विभिन्न ब्यवशायीहरु संगै आफ्नो जन्मदिन समेत मनाए । उक्त अवसरमा सहभागीहरुले श्रेष्ठको प्रगति तथा उत्तरउत्तर प्रगतिको कामना गर्दै आफुहरुले पनि आफ्नो जन्मदिनमा केही न केही सामाजिक काम गर्ने समेत वताएका थिए ।
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजि...
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...