मतदाता भन्छन्: ‘भुगोल बुझेका आफ्नै क्षेत्रका एमाले उम्मेदवार भिम कार्की’
पाेखरा | कात्तिक २०, २०७९
पोखरा । कास्की क्षेत्र नम्वर २ (१)का मतदाताले नेकपा (एमाले)को तर्फबाट सो क्षेत्रमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भूगोल बुझेको उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् ।
आफ्नो क्षेत्रमा रहेका पोखरा महानगरपालिकाका पाँच वटा वडामा मतदाताहरुसँग भेटघाट गर्ने क्रममा उम्मेदवार कार्कीलाई आफ्नै क्षेत्रको धर्तीपुत्रलाई उम्मेदवार बनाएको भन्दै एमालेलाई धन्यवाद दिएका छन् ।
भुगोल बुझेको उम्मेदवारले मात्रै विकासको प्रक्रिया बुझ्ने र भुगोल बाहिरको उम्मेदवार आफुहरूको रोजाइमा नपर्ने मतदाताको भनाई छ ।
अन्य दलहरूले भुगोल बाहिरबाट निमन्त्रणा गरेर उम्मेदवार पठाएको हुँदा आफूहरू कुनै अलमलमा नपरी सबैलाई कार्कीको विजय अभियानमा लागि पर्न आग्रह गर्ने पोखरा महानगर वडा न १७ निवासी समीर श्रेष्ठले बताए ।
त्यसैगरी वडा नम्वर ३३ बाघमारा निवासी स्थानिय टंकराज आचार्यले विकासका पक्षधर, सरल इमानदार र निष्ठावान निरन्तर संघर्षले खारिएका आफ्नै क्षेत्रका नेता उम्मेदवार पाँउदा विकासको आशा रहेको भन्दै यसपटककोे आफुहरूको छनोट कार्की नै हुने बताए ।
पोखरा २१ निवासी २२ वर्षीय जीवन लामिछानलेले एमालेको घोषणापत्रले युवा क्षेत्रलाई विशेष चासो दिएर घोषणापत्रमा समेत एमालेले प्राथमिकता दिएको हुँदा सो कार्यान्वयनमा आफ्नै क्षेत्रको उम्मेदवार पहिलो रोजाइमा रहने उल्लेख गरे ।
नेकपा (एमाले) ले कास्कीको सबै निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रमै मतदाता भएका व्यक्तिहरूलाई उम्मेदवार बनाउदा कास्की क्षेत्र नम्वर २ मा गठबन्धनमा आबद्ध दलहरूले आमन्त्रित व्यक्तिहरू उम्मेदवार बनाउदा आफुहरूले अपमानित महसुस गरेको पोखरा १५ निवासी परशुराम पौडेलको भनाई छ ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

