पोखरा २० को मुहार फेर्ने नेता विन्दु कुमार थापा: स्थानीय
पाेखरा | कात्तिक १९, २०७९
पोखरा । शनिबार पोखरा २० मा मतदाता भेटघाट गर्न पुगेका विन्दु कुमार थापालाई स्थानीय अनिल कुमार रानाले भने पोखरा २० को मुहार फेर्ने नेता तपाई नै हुनुहुन्छ । हिजो निर्वाचित भएपछि पोखरा २० का धेरै ठाउँमा तपाईले बजेट विनियोजन गर्नुभएको छ । अब आशा पनि तपाईमा नै छ । उनले भने,‘हामी त जनता हौं । हामीलाई सामान्य आधारभूत आवश्यकता परिपूर्ति गरिदिए पनि हुन्छ । सपना बाढ्ने पूरा नगर्ने नेता धेरै भेटियो । तर काम गर्ने नेताका रुपमा विन्दु कुमार थापा पाइयो । विगत ५ वर्षमा पोखरा २० लाई बनाउन उहाँले थुप्रै योजना हाल्नुभएको छ । हाम्रो मत उहाँलाई नै हो ।’
थापा २०७४ सालको निर्वाचनमा कास्की २(२) बाट नै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित अघि नै उनको प्रतिबद्धता थियो सरकारबाट प्राप्त तलबभत्ता सुविधा केही नलिने, विकासका काममा खटिने । पाँच वर्ष कार्याकाल उनको सामाजिक सेवामा नै बित्यो भन्दा फरक नपर्ला ।
पोखरा २० का स्थानीयको आशा विन्दुमा नै छ । भन्छन्,‘हामीले हाम्रो समस्या जसले काम गर्छ उसलाई नै सुुनाउने हो । विन्दुजीले हिजो पनि राम्रै काम गर्नुभयो । अब पनि आशा उहाँमा नै छ ।’
साबिक ७ नम्बर वडाको पाखाको बाटोलाई प्राथामिकता दिन मतदाताको थापालाई आग्रह छ । देविडाँडा बाट देउरालीको बाटो निर्माण गर्नुपर्ने र टोलटोलमा ट्रयाक खोल्नपर्ने समस्यालाई समाधान गर्न उनीहरुले अपिल गरेका छन् । पोखरा २० लाई महानगरको झल्को हुने गरी काम गर्नुपर्ने भनाई स्थानीयको छ ।
स्थानीयको समस्या सुन्दै नेपाली काँग्रेस बाट कास्की २(२) मा गठबन्धनका साझा उम्मेदवार विन्दु कुमार थापाले पोखरा २० का हरेक समस्याका विषयमा आफु जानकार रहेको र निर्वाचित भएपश्चात योजनाहरुलाई क्रमबद्ध रुपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘२०७४ मा निर्वाचित भएपश्चात यहाँहरुका समस्यालाई समाधान गर्ने बाटोमा अग्रसर भएकै हो । अब पनि नहुने कुरा हुँदैन । पोखरा २० का हर नागरिकको सुखदुखको साथी बन्दै समस्याको समाधान गर्ने बाटोमा लाग्नेछु ।’, उनले भने ।
उनले सिर्सेखोला खानेपानी योजनालाई पूर्णता दिने गरी आफु लाग्ने बताए । दलीत समुदायको क्रियापुत्री भवनका लागि केही पैसा गण्डकी सरकारबाट विनियोजन भएको र आगामी समयमा पनि गर्ने उल्लेख गरे । खोरा देखि गौतम गाउँसम्मको सिँडी बाटो निर्माणमा आफ्नो ध्यान पुगेको अभिव्यक्ति उनको थियो ।
निर्वाचित भएपछि संघ र महानगरसँग समन्वय गर्दै अगाडि पोखरा २० को मुहार फेर्न लाग्ने प्रण उनले गरेका छन् । आफु काम गर्नको लागि सरकारमा जाने र योजनाबद्ध हिसाबले क्रमबद्ध रुपमा विकासका आयोजनालाई पूरा गर्ने भनाई उनको छ ।
काठमाडौं: चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादि...
काठमाडौं: सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५ जना कैदीबन्दीलाई प्यारोलमा राख्न सिफारिस गरेको छ । महान्यायाधिवक्ता रमेश वडालको अध्यक्षतामा भएको बैठकले कारगार व्यवस्थापन विभागबाट फौ...
पर्वत: कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो ।&nb...