निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी गर्छौं: बराल

पाेखरा | कात्तिक १९, २०७९

निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी  गर्छौं: बराल

 

 

पोखरा । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बरालले निर्वाचनपछिको विकास निर्माणका काममा पनि गठबन्धनमा छलफल गरी अगाडी बढ्ने बताएका छन् ।


पोखरा महानगरपालिका २ मा आयोजित उम्मेदवार परिचय कार्यक्रममा बरालले गठबन्धनको जितले पनि देशमा विकासको लहर ल्याउने दावी गरे । गठबन्धनका साझा उम्मेदवारले निर्वाचन जितेपछि मात्रै खानेपानी, सडक लगायतका पुर्वाधारका विकास गर्न सहज हुने उनको भनाई थियो ।


कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासङ्घका पुर्व केन्द्रीय अध्यक्ष आनन्द राज मुल्मीले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कास्की र कास्कीका जनताको अपमान गरेको बताएका छन् ।


उनले ओेलीले शुक्रबार भएको चुनावी कार्यक्रममा प्रचण्डको आलोचना गरि ढिकुरपोखरीको नाम बिगारेर ढिकुरे भनेर कस्केली जनताको अपमान गरेको उल्लेख गरे । मुल्मीले सचेत कास्कीवासीले ओली अभिव्यक्तिको बिरोध गर्नु पर्ने बताए । स्थिरता र विकासका लागि गठबन्धनले विजयी हासिल गर्नुपर्नेमा जोड दिए ।  


कार्यक्रममा प्रदेशसभाका उमेदवार दुर्गादत्त भण्डारीले लामो समय यहि वडामा बिताएकाले वडा नं. २ को विकास आवश्यकता र समस्या बारेमा आफु जानकार रहेको बताए ।


नेपाली काङ्ग्रेस पोखरा महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले गठबन्धनका उमेदवार विजयी भएपछि तिने तहका सरकारले विकासको काम अघि बढाउने बताए ।


संविधानसभा सदस्य शारदा पौडेलले गठबन्धनका दलहरू अब दिन रात नभनिकन एकतावद्द भएर चुनावमा लाग्न आग्रह गरिन् ।


कार्यक्रममा नेकपा एकीकृत समाजवादका केन्द्रीय सदस्य प्रेम पौडेल, निर्वाचन परिचालन समिति ३(१) का संयोजक विष्णु बहादुर केसी, काङ्ग्रेस वडा सभापति अरूण कायस्थ, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष एनकुमार साई लगायतले गठबन्धनका साझा उमेदवार विजयी गराउन आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका मंगल शाही लगायत ३२ जना काङ्ग्रेस प्रवेश गरेका थिए । शाही बैशाखा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडा सदस्य उम्मेदवार बनेका थिए ।

खोटाङ:     आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गत...

थप पढ्नुहोस्

गण्डकी:     शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् ।&nb...

थप पढ्नुहोस्

नवलपरासी:    पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्य...

थप पढ्नुहोस्