सहारा फुटबल एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारद्वारा सहयोग हस्तान्त्रण
पाेखरा | कात्तिक १७, २०७९

पोखरा । ‘सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीलाई स्वर्गीय सूर्यबहादुर केसीको परिवारले १५ लाख रुपैयाँ सहयोग गरेको छ ।
पोखरामा बिहीबार केसी परिवारले स्व. केसीको दोश्रो वार्षिक पुण्य तिथिको अवसर पारेर सहारा क्लव पोखराद्वारा सञ्चालित एकेडेमीलाई उक्त सहयोग गरेको हो ।
कार्यक्रममा स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसीले सहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज)लाई सहयोग हस्तान्त्रण गरेकी हुन् । सो अवसरमा बोल्दै केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि आफ्नो परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए । उनले भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
केसीका अर्का छोरा तथा हिमश्री फुड्सका निर्देशक किरण केसीले आफ्नो बुबाको नाम सहारा एकेडेमीसँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । उनले आफ्नो बुबाको काम र विचारलाई स्थापित गर्नेसँगै जिवन्त बनाई राख्ने प्रण गरे ।
कार्यक्रममा पूर्व एसएसपी कृष्ण बहादुर थापा, सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङ लगायतले स्व. केसीको जीवनी र समाजसेवाका विविध क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
गत वर्ष स्व. केसी परिवारले क्लवले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु. १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो ।
यसैविच कार्यक्रममा स्व. जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले अक्ष्यकोषको स्थापना गरेको छ । बिहीबार सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आयोजित कार्यक्रममा स्व.गुरुङकी श्रीमती तुलसी गुरुङले आफ्ना श्रीमान्को स्मृतिमा ५० हजार रुपैयाँको अध्यक्षकोष सञ्चालन गर्ने गरि रकम हस्तान्त्रण गरेकी हुन् ।
क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष केशवराज बरालले स्वागत र सञ्चालन महासचिव रामजी प्रसाद अधिकारीले गरेका थिए ।
एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालकहरु आश्रित रहँदै आएको क्लबका अध्यक्ष हरि गुरुङले बताए । हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लवले आयोजना गर्ने ‘आहा–रारा ’ गोल्डकप प्रतियोगिताको मुख्य प्रयोजन समेत गर्दै आइरहेको छ । सहारा क्लबले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सञ्चालन गरेको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...