कास्की २(१) का मतदाता भन्छन्–‘उम्मेदवार कार्की भुमिहिन तथा श्रमजीवी जनताका सारथी’
पाेखरा | कात्तिक १६, २०७९

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ (१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिमबहादुर कार्कीलाई उक्त निर्वाचन क्षेत्रका मतदाताहरूले आम भुमिहिन तथा अव्यवस्थित बसोबास गरिरहेका जनताहरूको सारथी भएको प्रतिक्रिया दिएका छ्न् ।
केपी ओली नेतृत्वको एमाले सरकारद्वारा गठित भुमीसम्बन्धी समस्या समाधान आयोगमा केन्द्रीय सदस्य तथा प्रवक्ताका रूपमा काम गर्दा उनी हुदा खाने जनताहरूका असल सारथी भएको प्रमाणित भएको स्थानियहरूले उल्लेख गरे ।
आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँका मतदातासँग साक्षात्कार अभियानमा रहेका उम्मेदवार कार्कीलाई स्थानियले निर्वाचनमा जिताएरै छोड्ने वचन दिएका छन् । आफ्नो कार्यकालमा भुमिहिनहरूलाई भुमिको मालिक बनाउने अभियानलाई आवश्यक नीति निर्माण गर्दै नेतृत्व दिने एक मात्रै सवल उम्मेदवार कास्की २ (१) ले प्राप्त गरेको भन्दै आफुहरुका सपनालाई विपनामा बदल्ने उम्मेदवार कार्की भएको उनीहरुको विश्वास छ ।
पोखरा १५ निवासी स्थानिय मुक्ति गुरुङ भन्छन्–‘एमालेले बाँडेका सपना कहिल्यै झुटा थिएनन । जनताको पक्षमा काम गर्ने योजनाबद्द चरणमा आयोग थियो तर गठबन्धन सरकारले आयोग खारेज मात्रै गरेन, गरेका कतिपय कामलाई बैधता नदिदा भुमिहिनका समस्या अलपत्र पारे ।’ अहिले आँखामा छारो हाल्न निर्वाचनको मुखमा निस्सा बाँडेको प्रपन्च रच्ने गठबन्धन सरकारको रबैया प्रति सबै भुमिहिन जनताहरू सचेत रहेको उनले बताए ।
हिजोका दिनमा भुमिहिनको नाम लिएर आफू मोटाउने दाउमा लागेकाहरूदेखि सतर्क रहदै सच्चा भुमिहिनको अधिकारका लागि लड्ने पार्टी एमाले नै आफुहरूको रोजाईमा रहने पोखरा ७ निवासी स्थानिय निकेश श्रेष्ठले प्रष्ट पारे ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...