अपाङ्गताले नरोकेको स्वरोजगार कर्म

बाग्लुङ | कात्तिक १२, २०७९

अपाङ्गताले नरोकेको स्वरोजगार कर्म

 

बागलुङ । जन्मेको छ महिनामा बागलुङको बानपा–५ पन्चासेका रत्नबहादुर खड्काको देब्रे खुट्टा अगेनामा पोलियो । उपचार अभावमा खुट्टाका सबै औंला झरे । जन्मेको छ महिनामा अपाङ्गता हुनुभएका ७९ वर्षका खड्काको जीवन सङ्घर्षले भने अझै विश्राम लिएको छैन । 


अहिले पनि उहाँ लौरोको सहाराले बाख्रासँगै बनपाखामा भेटिनुहुन्छ । खड्काले जीवन निर्वाहका लागि ३२ वर्षको उमेरदेखि राँगो पाल्दै आउनुभएको छ भने १० वर्षदेखि बाख्रा । पैंतालीस वर्षदेखि ब्याठे राँगो पाल्दै आउनुभएका खड्काले राँगोको बाहालबाटै परिवारको लालनपालन र शिक्षादीक्षा गर्न सफल हुनुभएको छ । 


“४५ वर्षअघि रु १० राँगोको शुल्क थियो, अहिले एक हजार पाँच सय पुग्यो, अहिले ८५ हजारमा बीउ राँगो खरिद गरेर ल्याएको छु”, उहाँले भन्नुभयो, “अहिले वर्षमा एक सय २० भन्दाबढी गाउँका भैँसीलाई गर्भाधान मेरै राँगोबाट भएको छ, पछिल्लो १० वर्ष यता बाख्रापालनसमेत गर्दै आएको छु, अहिले १० वटा बोका बाख्रा छन्, यिनैको स्याहारसुसार गर्दै दिन बित्छ ।”


खुट्टाको अपाङ्गता भए पनि ७९ वर्षका खड्काको जोस र जाँगर अझै उस्तै छ । उहाँले भारी बोक्न बाहेक अन्य काम लौरोकै सहायताले गर्दै आउनुभएको छ । राँगो पालेर एक छोरी र दुई छोरा हुर्काएको स्मरण गर्दै खड्का सकुन्जेल राँगो पाल्ने योजनामा रहेको सुनाउनुहुन्छ । “अपाङ्गता भए पनि त्यसबेला लाउन खान समस्या नै थियो, अहिले जस्तो सुविधा थिएन, राँगोको बाहालवापत कतिले रकम दिन्थे त कतिले अन्नपात”, उहाँले भन्नुभयो, “७० नपुगुन्जेल महिनाको पाँच सय अपाङ्गता भत्ता आउँथ्यो, अहिले तीन महिनाको १२ हजार वृद्धभत्ता आउँछ, एउटा छोरा कतार छ, एउटा छोरा मसँगै छ, वृद्धभत्ताले बुढेसकालमा सहयोग गरेको छ, तर बाख्रा र राँगो पाल्न सकुन्जेल छोड्दिन नसकेपछि हेरौँला ।”


अगेनामा पोलेको खुट्टा उपचार नपाएका कारण आफू अपाङ्गता भएर लौरोको सहायता लिनुपरेको उहाँको दुःखेसो छ । एक वर्षअघि ८५ हजारमा खरिद गरेर ल्याएको राँगोले गाउँका भैँसी गर्भधारण गरेवापत एक लाख ८० हजार कमाएको खड्काको भनाइ छ । 


उहाँले बाख्राका दुईवटा बोका बेचेर ४५ हजार यही सिजनमा कमाई गरेकाले घर खर्चका लागि समस्या नभएको बताउनुभयो । कान्छो छोरा कतार र छोरीको विवाह भइसकेको बताउने खड्काले जेठो छोरा भरत खड्का आफ्नो सहयोगीका रुपमा रहेको बताउनुभयो । 


“राँगोलाई डोर्याउन पर्दैन, आफैँपछि लागेर हिड्छ, बाध्ने र फुकाउने अनि भैँसीको गोठसम्म पुर्याउने मात्रै हो”, खड्काले भन्नुभयो, “युवादेखि बुढेसकालसम्म राँगोकै सँगतले जीवन बित्न लाग्यो, तर मनमा सन्तोक छ, अपाङ्गता भएरसमेत कसैसँग हात थापेर खान परेन, खुसी लाग्छ ।” खड्काले तीन र चार वर्षमा उन्नत जातको राँगो फेर्दै आउनुभएको छ । 

पोखरा:   गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।   मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रं...

थप पढ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कसाथ विकास निर्माणसहित सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।   चितवनको इच्...

थप पढ्नुहोस्

पोखरा:  गुरुङ (तमु) कलाकार संघ नेपाल गण्डकी प्रदेश समिति पोखराको सातौं वार्षिक साधारण सभाकाे अवसरमा  विक्रम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।   संघको वरिष्ठ उपाध्यक्षमा मा...

थप पढ्नुहोस्