ठग्छन् भन्ने थाहा छ, तैपनि भोट हालियोः जीतबहादुर
काठमाडाैं | बैशाख ३०, २०७९

पोखरा महानगर वडा १६ का जीतबहादुर परियारले बिहान साढे ७ बजे मतदान गरेका छन् ।
विन्दवासिनी मावि मतदानस्थलबाट भोट हालेर फर्किएपछि परियार सुनगाभा न्यूजसँग गफिए । ‘आफ्नो अधिकार प्रयोग गर्न आएको हुँ’ खासै उत्साहित नदेखिएका परियारले भने ‘नेताहरु झुठा छन्, गर्छन् भन्ने विश्वास पनि छैन तर ठग्छन् भन्ने थाहा भएपनि भोट हालियो ।’
गाउँमै सिंहदबार भनेर भनेपनि सबै गफै भएको जनताकालागि त्यो केवल गफ भएको उनको प्रतिक्रिया थियो ।
परिवारको सहारामा व्हिलचेयरमा मतदान गर्न आएका ६३ वर्षीय परियारले यसअघि ०७४ मा पनि भोट हालेको तर अपांगकालागि केही सुविधा नपाएको गुनासो पाेखे ।
‘मलाई ढाँट्छन् भन्ने स्योर छ’ अपांग परियारले भने ‘जुन जोगी आएपनि कान चिरेको भनेझैं हो ।’
स्वच्छ नेता चुन्न मतदान गरेपनि आफ्नो भोटको कदर नभएको तीतो पोख्दै उनले भने ‘आश्वासन दिनेबाहेक खासै केही भएन, जसले जीतेपनि खासै फरक पर्दैन ।’
जनतालाई गरेको वाचा यसपटकको निर्वाचनबाट पुरा होस् भन्दै उनले पुनः आशावादी हुनुबाहेक अर्काे विकल्प नभएको उनले सुनाए ।
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको तेस्रो खेलमा टिपटप हेल्प नेपालले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालाक...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार बसेको रास्वपा सचिवालयको ‘भर्चुअल’ बैठकले भिजिट भिसा प्रकरण मुछिएका उनलाई तत्काल राजीनामा...
काठमाडौं: डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच आज दिउँसो झडप भएको छ । पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेर...