ज्येष्ठ नागरिकको घर–घरमा स्वास्थ्य सेवा

नवलपरासी | कात्तिक ६, २०७९

ज्येष्ठ नागरिकको घर–घरमा स्वास्थ्य सेवा

 

नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुग्नुभयो । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उहाँ पीडित हुनुहुन्छ । 


स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी हुनुभएको छ । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उहाँलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उहाँ पनि खुसी हुनुभएको छ । 


मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ ।

 मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।


 स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्यअवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताउनुभयो । “घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीनसय ज्येष्ठ नागरिकले लाभ लिनुभएको छ”, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भन्नुभयो, “अशक्त, अपाङ्गता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरीकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ । ”


भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।


 जनताकाबीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।” पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्यअवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ । 

 

प्रत्यैक ६÷६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षणमा खटिने स्वास्थ्यकर्मिलाई विशेष प्रोत्साहान भत्तासमेत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताउनुभयो । 

पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।  चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र...

थप पढ्नुहोस्

पोखरा:   पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् ।  भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्...

थप पढ्नुहोस्

पोखरा:   सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्...

थप पढ्नुहोस्