पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता

पाेखरा | कात्तिक ६, २०७९

पोखरा १४ मा सुकुम्वासी समस्या समाधान एमाले उम्मेदवारको पहिलो प्राथमिकता

 

 पोखरा । कास्की क्षेत्र नं. १ (ख) मा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले पोखरा १४ मा सुकुम्वासी समस्या समाधान आफुहरुको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । उनले भने –‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैछ तर सुकुम्वासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ । त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्वासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउन सूर्य चिन्हमा मत दिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ 


मंसिर ४ गते हुने निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा उनले विदेशी पाहुना भित्र्याउने तयारीमा रहेका हामी आफ्ना देशका नागरिकहरु वैदेशिक रोजगारमा गईरहदा हाम्रो नेपाली पहिचान पनि खस्किएको  भन्दै आफ्ना प्रदेशका नागरिकलाई स्वरोजगार सिर्जना गर्ने वातावरण तयार पार्ने उल्लेख गरे ।


प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले  विश्व समुदायमै आर्थिक स्थिर खस्केको अवस्थामा आफ्ना प्रदेशका युवाहरु प्रदेशभित्रै अर्थाेपार्जनमा लगाउने आफुहरुको प्राथमिकता रहने उनको भनाई छ ।


उनले वडा नम्वर १४ व्यवसायिक र कृषिको लागि पर्याप्त सम्भावना बोकेको वडा भएकाले यसतर्फ लाग्नुपर्नेमा जोड दिईन् ।
 

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्