पशुचौपाया तथा पंक्षीहरूको तथ्याङ्क सङ्कलन

नुवाकोट | कात्तिक ६, २०७९

पशुचौपाया तथा पंक्षीहरूको तथ्याङ्क सङ्कलन

 

नुवाकोट । नुवाकोट र रसुवाका पशुचौपाय तथा पंक्षीको आजदेखि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटको कार्यक्षेत्र रहेको दुई जिल्लाका किसानले पालन गरेका पशुचौपाय तथा पक्षीको तथ्याङ्क सङ्कलन थालिएको हो ।


त्यसका लागि विज्ञ केन्द्रले स्थानीय तहका पशु सेवा प्राविधिकलाई यसअघि नै तालिम दिएर आजदेखि कार्यक्षेत्रमा पठाएको कार्यालय प्रमुख (पशु विकास अधिकृत) भरत पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार तथ्याङ्क सङ्कलनका लागि आवश्यक तालिम र सामग्री दिएर तोकिएको मापदण्डअनुसार विवरण लिन गाउँ तथा नगरपालिका तोकेर पशु सेवा प्राविधिकलाई खटाइएको छ ।


“राज्य पुनःसंरचनापछि प्रदेश सरकार स्थापना भएसँगै रुपान्तरित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग जिल्लामा रहेका पशुचौपायको विवरण नभएकाले लगत सङ्कलन गर्न लागिएको हो ।” उहाँले भन्नुभयो, “अभियानमार्फत दुई जिल्लाको पालिकागतरूपमा घरपालुवा पशुचौपाय र पक्षीको सङ्ख्या, जात, उमेर, लगानीसहितको विवरण खोज्न लागिएको छ ।”


साविक जिल्ला पशु सेवा कार्यालयले हरेक आर्थिक वर्षमा पशुचौपाय तथा पक्षीको लगत सङ्कलन र अद्यावधिक गर्ने गरेको थियो । प्रदेश सरकारको स्थापनापछि पहिलोपटक तथ्याङ्क सङ्कलन गर्न लागिएकाले यथार्थ विवरण सङ्कलन गर्न खटिएका सङ्कलकलाई केन्द्र प्रमुख पाण्डेले निर्देशन दिनुभयो ।


उहाँका अनुसार सङ्कलन गर्न लागेको विवरणबाट नुवाकोट र रसुवामा पालन गरिएका पशुचौपाय तथा पक्षीसँग सम्बन्धित योजना तर्जुमा गर्न, रोग फैलिएमा नियन्त्रण गर्न, पकेट क्षेत्र घोषणा गर्न, व्यावसायिक पशुपालनको वस्तुस्थितिसहित त्यसमा किसानको लगानी के– कति रहेको छ त्यो समेत थाहा पाउन सकिने प्रश्नावली र अनुसूची समावेश गरिएको छ ।


आजदेखि कार्यक्षेत्रमा पठाइएका तथ्याङ्क सङ्कलक पशु सेवा प्राविधिकलाई आगामी मङ्सिर १५ भित्र लगतको विवरण विज्ञ केन्द्रमा बुझाउन समयसीमा तोकिएको छ ।

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्