स्क्वासमा टिम इभेन्ट तर्फ लुम्बिनीलाई कास्य
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा सम्पन्न स्क्वास प्रतियोगिताको पुरुष टिम इभेन्टतर्फ लुम्बिनी प्रदेशले कास्य पदक प्राप्त गरेको छ ।
आज (बुधबार) भएको खेलमा लुम्बिनी प्रदेशका ज्ञानुबहादुर चौधरीले नम्बर १ का योगेन्द्र लिम्बुलाई ३–० को सोझो सेटमा पराजित गरे भने, दोस्रो खेलमा लुम्बिनी प्रदेशका अर्जुन गाहा (शुसान्त)ले प्रदेश नम्बर १ का धनबहादर घलेलाई ३–० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशलाई कास्य पदक दिलाएको हो ।
लुम्बिनी प्रदेशको खेलाडीहरुमा ज्ञानुबहादर चौधरी, सुदिप सिङ र अर्जुन गाहा शुसान्त रहेका थिए ।
उक्त खेलमा दुई विभागिय टोलि त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ र पाँचवटा प्रदेशको मध्य गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र बागमती प्रदेशको सहभागिता रहेको थियो ।
प्रतियोगितामा २ विभागीय र ५ प्रदेशको गरि पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाको सहभागिता रहेको थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

