सफ्ट टेनिसः मेन्स टिम इभेन्टसमा प्रदेश १ लाई स्वर्ण
पाेखरा | कात्तिक ३, २०७९

पोखरा : सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण पदक प्रदेश १ ले जितेको छ ।
बिहीवार बिहान भएको फाइनल खेलमा प्रदेश १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो ।
प्रतियोगिता अन्र्तगत पहिलो सेट पुलिसले डबल्स्मा प्रदेश १ लाई ५–१, दोस्रो सिंगल्स प्रदेश १ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश १ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजित भएको हो ।
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा प्रदेश १ का युकेश योञ्जन, अशिष वोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।
त्यस्तैपुलिसका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भीमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् ...
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो ...