४ सय वाइ ४ मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

पाेखरा | कात्तिक ३, २०७९

४ सय वाइ ४ मिटर रिले दौडमा आर्मीलाई स्वर्ण

पोखरा : एथलेटिक्सको ४ सय वाइ ४ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ । आर्मीले महिला पुरुष दुवै समुहमा स्वर्ण जितेको हो ।

 

पुरुष अन्तरगत आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको समूहले निर्धारित दुरी ३ मिनेट १८.३६ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेको हो ।

 

सो इभेण्टमा एपीएफले रजत पदक जितेको छ । एपीएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र सन्दीप नेपालीको टोलीले निर्धारित दुरी ३ मिनेट, २५.८२ सेकेण्डमा पार गरेको थियो ।


यसैगरी पुलिसको टोलीले काँस्य पदक जितेको छ । पुलिसका अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको समूहले निर्धारित दुरी ३ मिनेट २९.३५ सेकेण्डमा पूरा गर्दै काँस्य जितेको हो ।

 

महिलातर्फको सोही इभेण्टमा आर्मीले स्वर्ण जितेको छ । आर्मीका सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कुलेसी चौधरीको समूहले निर्धारित दुरी ४ मिनेट २.७८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेको हो ।

 

यसैगरी ४ मिनेट १४.८० सेकेण्डमा निर्धारित दुरी पार गर्दै लुम्बिनी प्रदेशले रजत पदक जितेको छ । लुम्बिनीका निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको समुहले निर्धारित दुरी ४ मिनेट १४.८० सेकेण्डमा पार गर्दै रजत पदक जितेको हो ।

 

काँस्यमा चित्त बुझाएको बागमती प्रदेशले भने निर्धारित दुरी ४ मिनेट २२.७९ सेकेण्डमा पूरा गरेको थियो । बागमतीका अञ्जु खड्का, रजीना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको समूहले काँस्य जितेको हो ।  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्