टेनिसमा आर्मीलाई दुई र गण्डकीलाई एक स्वर्ण
पाेखरा | कात्तिक २, २०७९
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्ट तर्फ नेपाली सेनाले दुई र आयोजक गण्डकी प्रदेशले एक स्वर्ण जितेका छन् ।
पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले मिक्स डबल्स र महिला डबल्स तर्फ स्वर्ण जितेको हो । गण्डकीले ‘पुरुष डबल्स’मा स्वर्ण जितेको हो ।
महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा रावतको जोडीले बागमती प्रदेशका रायना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गरी स्वर्ण जित्नुभयो ।
त्यसैगरी मिक्स डबल्सतर्फ सेनाका प्रनभ खनाल र अविलाशा विष्टको जोडीले नेपाल पुलिसका आर्यन गिरी र आयशा डोल्कर गुरुङको जोडीमाथि ६–४,६–० सेटको जित निकाल्दै स्वर्ण जित्दा प्रहरीले कास्य पदकमा चित्त बुझायो ।
यसैगरी ‘पुरुष डबल्स’तर्फ गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जित्नुभयो ।
गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुनुहुन्छ भने सेनाका खनाल द्धितीय वरियतामा हुनुहुन्छ । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले गण्डकीले नतिजा आफ्नो पक्षमा ल्यायो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

