नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

पाेखरा | कात्तिक २, २०७९

नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् ।


 
पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् ।


 
महिलातर्फ भने निर्धारित दुरि १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन । 


 
प्रतियोगिताको पुरुषतर्फ निर्धारित दुरि १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दुरि १ घण्टा  १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै काश्य पदकमा चित्त बुझाए ।


 
त्यस्तै, महिलातर्फ  नेपाल प्रहरीकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै काश्य पदक जितिन् ।
 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्