नवौं राष्ट्रिय खेलकुद : ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण
पाेखरा | कात्तिक २, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् ।
पुरुषतर्फ निर्धारित २० किमि साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमि दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् ।
महिलातर्फ भने निर्धारित दुरि १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपीएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन ।
प्रतियोगिताको पुरुषतर्फ निर्धारित दुरि १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दुरि १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै काश्य पदकमा चित्त बुझाए ।
त्यस्तै, महिलातर्फ नेपाल प्रहरीकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै काश्य पदक जितिन् ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

