इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा आर्मी र एपिएफलाई एक–एक स्वर्ण पदक
पाेखरा | कात्तिक १, २०७९
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दुरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
त्यस्तै उक्त दुरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन् । त्यसैगरि ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दुरी पुरा गर्दै नेपाल आर्मीकै मञ्जु कुमारी खड्काले कास्य जित्न सफल भइन् ।
आजै भएको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपिएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ । २० किलोमिटरको दुरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलिसेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानामगरले स्वर्ण पदक जित्न सफल भएका छन् ।
त्यस्तै नेपाल आर्मीका हिमाल टमाटाले उक्त दुरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलिसेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलिसेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन् ।
सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्पर्धा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ । अव भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

