नाई पेशाकर्मीको स्वतन्त्रता कांग्रेसबाट पुरा हुन्छ: सभापति शर्मा
पाेखरा | कात्तिक १, २०७९

पोखरा । नेपाली कांगे्रस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नाई पेशाकर्मीको व्यवसायलाई कांग्रेस पार्टीले नजिकबाट नियाली रहेको बताएका छन् । नाईहरुको सीपको कदर गर्दै पर्यटकीय सहर पोखरालाई थप सभ्य र मानिसको सुन्दरलाई वाहिर ल्याउने काम गर्ने कालिगढको संज्ञासमेत दिए । नेपाल नाई संघको ८ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै गण्डकी प्रदेशका नेता शर्माले कांग्रेस पार्टीबाट मात्र नाईहरुको हक र हित सुरक्षित हुने बताए ।
सभापति शर्माले हरेक क्षेत्र र वर्गबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा कांगे्रस र कांग्रेससँग भएको गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै प्रजातन्त्र, स्वतन्त्रता र पेशागत हकहितको रक्षा गर्ने जिम्मा नेपाली कांग्रेसको भएको समेत ठोकुवा गरे । नेपाल नाई संघ कास्कीका अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको सभामा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले नयाँ नेतृत्व लिदा समयको ख्याल गर्न सक्नु पर्नेमा जोड दिए ।
नाई संघलाई पर्ने अफ्ठ्यारोमा ट्रेड युनियन कांग्रेसले हरकिसिमको सहयोग गर्न तयार रहेको बताए । संघका सचिव दिपक ठाकुरको सञ्चालन र उपाध्यक्ष रामनाथ ठाकुर (आनन्द)ले स्वागत गरेको सभामा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सदस्य जीतबहादुर गुरुङले सवै नाईहरुको एकतामा जोड दिँदै नयाँ आउने नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल नाई संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले देश भरका नाईलाई आफूले हरेक सहयोग गरिरहेको बताए । उनले आगामी दिनमा नाई पेशालाई राज्यले उच्च सम्मान दिने व्यवस्था बनाउन संघका आफू थप क्रियाशील भएर लागेको उल्लेख गरेका थिए ।
संघको अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि नेतृ कुलदेवी बरालले पेशालाई मर्यादित र व्यवहारिक बनाउन नाई संघले भूमिका खेल्न सक्नु पर्नेमा जोड दिइन । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारी, नेपाल कृषि श्रमिक संघका केन्द्रीय उपाध्यक्ष शिवराज अधिकारी, नाई संघका केन्द्रीय सदस्य विरेन्द्र ठाकुर, एटियुसी कास्कीका उपाध्यक्ष कमलबहादुर सापकोटा, सचिव रुद्र तिमिल्सिना, नेपाल नाई संघका गण्डकी प्रदेश अध्यक्ष आदेशप्रसाद ठाकुर, नन्दन ठाकुर, भैरवलाल ठाकुर, सिकन्दर ठाकुर, सत्रुधन ठाकुर लगायतले नाई हरुको एकताले मात्र पेशालाई व्यवस्थित बनाउन सकिने धारणा राखेका थिए ।
नाई संघ कास्की जिल्लाले अधिवेशनको अवसरमा विशेष सहयोग गर्ने भन्दै नेपाल ट्रेड युनियन कांग्रेस कास्की, वरिष्ठ पत्रकार गंगाधर पराजुली, कोभिड कालमा विशेष भुमिका खेलेका संघका उपाध्यक्ष रामनाथ ठाकुर(आनन्द) लगायतलाई सम्मान गरेको थियो । संघले नयाँ नेतृत्व चयन गर्न मुरारी शर्मालाई निर्वाचन अधिकृतको जिम्मेवारी समेत दिएको छ ।
तनहुँको भानु नगरपालिका–१० कालीमाटीमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । आज काठमाडौँबाट डुम्रे हुँदै लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको मा...
पोखरा: वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाकाे पाख्...
चितवन प्रहरीले भरतपुर महानगरपालिका–२६ सिसुबारबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२६ बस्ने ६१ वर्षीया शान्ती कुमारी महतो र २५ वर्षीय विशा...