वडाध्यक्षका उम्मेदवारको मृत्युपछि छोरा आए चुनावी मैदानमा

काठमाडाैं | बैशाख २८, २०७९

वडाध्यक्षका उम्मेदवारको मृत्युपछि छोरा आए चुनावी मैदानमा


दाङः दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि आज दिउँसो १ बजेसम्म मनोनयत दर्ताको समयभित्र उनै लबरुका छोरा प्रदीपले उम्मेदवारी दिएका छन् । 

वडाध्यक्षका उम्मेदवार लबरूको उपचारका क्रममा सोमबार राति मृत्यु भएको थियो। उनको ठाउँमा एमालेले प्रदीपलाई उम्मेदवार बनाएको हो। प्रदीप पनि एमालेमा क्रियाशिल छन्।

 

एमालेले टिकट दिएसँगै प्रदीपले बुधबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्। आयोगले आज दिउसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय दिएको थियो।

 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रदीपले बुवाको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको बताए। “लबरू चौधरी मेरो बुवा मात्र नभई यो ठाउँको जनताको सेवक र अभिभावक हुनुहन्थ्यो, उहाँको असायमिक निधनले हामी सबै स्तब्ध छौ,” प्रदीपले भने, “उहाँले देखाएको बाटो र उहाँको सपना पूरा गर्नलाई मतदाताले मलाई भोट दिनुहुन्छ भन्ने मलाई विश्वास छ।”

 

आज वडाध्यक्षमा उम्मेदवारी दिएका प्रदीपलाई बिहीबार चुनाव चिह्न प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनले ३१ वैशाख राति १२ बजेसम्म चुनावी प्रचार प्रसार गर्र्न पाउनेछन्।

 

तुलसीपुर १७ मा ३ जेठमा मतदान हुनेछन्। अन्य वडामा भने ३० वैशाखमै मतदान हुनेछन्। यो वडामा मतदान सकिएपछि मात्रै अन्य वडाको मत गणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ।    सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ।   पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङम...

थप पढ्नुहोस्

अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।   सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानका...

थप पढ्नुहोस्

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन...

थप पढ्नुहोस्