टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पाेखरा | असोज ३१, २०७९

टेबल टेनिसमा प्रहरी र एपीएफलाई स्वर्ण पदक

पोखरा : पोखरामा जारी  नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबुल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ । यसैगरी महिला डबल्सतर्फ एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो । 

 

पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुुलिस क्लबले स्वर्ण पदक हात पारेको हो । त्रिभुवन आर्मी क्लबलाई प्रहरीले ११-७, ५-११, ८-११, ११-५ र ९-११ को २-३ को सेटमा पराजित गरेको हो ।

 

यसैगरी महिला डबल्सतर्फ एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गर्दै स्वर्ण पदक पाउन सफल भएको छ । नेपाल पुलिस क्लबलाई ११-९, ८-११, ११-९, ९-११ र ७-११ को २-३ को सेटमा पराजित गर्दै एपीएफले स्वर्ण पदक जित्यो । मिक्स डबल इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबले रजत पदक प्राप्त गरे भने एनआरएनए र गण्डकी प्रदेशले कास्य पदक हात पारेका छन् । 

 

यसैगरी महिला डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लबले रजत पदक हात पारको छ भने बागमती प्रदेश र नेपाल पुलिस क्लबले कास्य पदकमा चित्त बुझाए । पुरुष डबल्स इभेन्टतर्फ नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । प्रदेश नं १ लाई ११-५, ११-६, ११-७ को ३-० ले पराजित गर्दै नेपाल पुलिस क्लबले फाइनलको बाटो तय गरेको हो भने एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११-७, १३-११, १०-१२, ९-११ र ११-१७ को ३-२ सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । 
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्