नवौं राष्ट्रिय खेलकुद : कबड्डीमा महिला/पुरुष दुवैमा आर्मीको विजयी शुरुवात

पाेखरा | असोज ३०, २०७९

नवौं राष्ट्रिय खेलकुद : कबड्डीमा महिला/पुरुष दुवैमा आर्मीको विजयी शुरुवात

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कबड्डी प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले महिला तथा पुरुष दूवै स्पर्धामा विजयी शुरुवात गरेको छ । 

 

आइतबारबाट पोखरा १२ माटोपानीस्थित एसआर केसी क्याटरीङमा भएको उद्घाटन खेलमा महिलातर्फ त्रिभूवन आर्मी क्लवले मधेश प्रदेशलाई ७२–१५ पोइन्टले पराजित गर्दा पुरुषतर्फ आर्मीले कर्णाली प्रदेशलाई ४८–२३ पोइन्टले पराजित गरेको छ । 

 

प्रतियोगिता अन्र्तगत आजनै पुरुष र महिला दुबै स्पर्धामा ५–५ वटा प्रतिस्पर्धा भएका छन् ।

 

आज भएको पुरुषतर्फ दोस्रो खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई ५३– ५० पोइन्टले पराजित गर्दा तेस्रो खेलमा प्रदेश नम्वर १ नेपाल प्रहरीसँग ५१ – ३९ ले पराजित हुन पुग्यो । चौथो खेलमा सुदुर पश्चिमले मधेश प्रदेशलाई ४९ – ३६  र अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४० – ५० पोइन्टले पराजित ग¥यो ।

 

यस्तै महिलातर्फ प्रदेश नम्वर १ नेपाल प्रहरी क्लवसँग ६९– १७ पोइन्टले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल प्रहरी क्लवले प्रदेश नम्वर १ लाई ६९ – १७ पोइन्टले पराजित गर्दा तेस्रो खेलमा सशस्त्र प्रहरी बल बाग्मती प्रदेशसँग ६५ – १६ पोइन्टले विजयी भयो । चौथो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ४९ – ३७ ले पराजित गर्दा अन्तिम खेलमा सुदुर पश्चिम प्रदेश विजयी भएको छ । सुदुर पश्चिमले मधेश प्रदेशलाई ६७–१६ पोइन्टले पराजित ग¥यो ।

 

प्रतियोगिता अन्र्तगत सोमबार (भोलि) महिला तथा पुरुष दुवैतर्फ ६–६ खेल सञ्चालन गरिने छ । जसअन्र्तगत महिलातर्फ प्रदेश नम्वर १ र लुम्बिनी, त्रिभूवन आर्मी क्लव र बाग्मती प्रदेश, नेपाल प्रहरी क्लव र कर्णाली प्रदेश, सशस्त्र प्रहरी वल र सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र मधेश प्रदेश र बाग्मती प्रदेश आम्ने साम्ने गर्ने छन् । 

 

यस्तै पुरुषतर्फ बाग्मती प्रदेश र सशस्त्र प्रहरी वल, त्रिभून आर्मी क्लव र नेपाली प्रहरी क्लव, लुम्बिनी प्रदेश र मधेश प्रदेश, प्रदेश नम्वर १ र गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी वल र कर्णाली प्रदेश र नेपाल प्रहरी क्लवविच लिग चरणका खेलहरु सञ्चालन गरिने अखिल नेपाली कबड्डी संघका महासचिव विनोद प्रजापतीले जानकारी दिए । 

 

यसअघि प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । 

 

लिग कम नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताका समुह ‘क’ मा त्रिभूवन आर्मी क्लव , कर्णाली प्रदेश, प्रदेश नम्वर १, नेपाल प्रहरी र गण्डकी प्रदेश रहेका छन् । यस्तै समुह ‘ख’ मा लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, मधेश प्रदेश, सुदुरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बल छन् । 

 

महिलातर्फ समुह ‘क’ मा नेपाली सेना, मधेश प्रदेश, सशस्त्र प्रहरी वल, बाग्मती प्रदेश र  सुदुर पश्चिम प्रदेश छन् । यस्तै समुह ‘ख’ मा नेपाल प्रहरी, प्रदेश नम्वर १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् ।

 

प्रतियोगिताका लागि महिला तथा पुरुष गरि १० वटा समुहका  १२० जना खेलाडी सहित १४० जना अफिसियल पोखरामा छन् । 

 


 

पाल्पा:   पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ।  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिक एक युवकको हत्या भएको छ ।  वन विज्ञान अध्ययन संस्थान नजिकै घन प्रहार गरेर हत्या गरेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय युवकको ...

थप पढ्नुहोस्

काठमाडौं:  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव वैकुण्ठ अर्याल लगायत विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध निर्देशक सङ्गीता पहाडीसहित...

थप पढ्नुहोस्