कास्की क्षेत्र १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन
पाेखरा | असोज ३०, २०७९

पोखरा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि पाँचदलीय गठबन्धनले कास्की क्षेत्र नम्बर १ मा मुल चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछानेको संयोजकत्वमा २ हजार १ सदस्यीय मूल चुनाव प्रचारप्रसार समिति गठन गरेको हो । साथै बैठकले १९ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।
मूल चुनाव प्रचारप्रसार समितिको सहसंयोजकमा नेकपा(माओवादी केन्द्र) का विनय थापा, नेकपा ९एकीकृत समाजवादी० का पूणर् लामा, राष्ट्रिय जनमार्चा पार्टीका हरिप्रसाद बराल र नेपाल समाजवादी पार्टीका दुर्गा गुरुङ र सदस्यसचिवमा नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव समेत रहेका सरोज केसी छन् ।
समितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ प्रचारप्रसारदेखि घरदैलो लगायतलाई तीव्र पार्ने कांग्रेसका क्षेत्रीय सचिव केसीले जानकारी दिए ।
बैठकले आगामी कात्तिक १ गते पोखरा २६, संगमनगर कालिकाचोकमा सम्पर्क कार्यालय उद्घाटन, उम्मेदवार परिचय लगायत विभिन्न उपसमिति गठन गर्ने निणर्यसमेत गरेको छ । यस्तै, कात्तिक २ गते क्षेत्र नम्बर १ का गठबन्धनका ३० वटै वडा कार्यालयमा वडा निर्वाचन सम्पर्क कार्यालय गठन गर्ने छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनबाट कास्की १ मा किशोरदत्त बराल, कास्की १ (१) मा माओवादी केन्द्रबाट दीपक कोइराला र कास्की १(२) मा कांग्रेसबाट दीपक गुरुङ उम्मेदवार छन् ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...
पोखरा: छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...