पोखरा टेकेपछि युरोप पसेजस्तो अनुभूति हुनेछः प्रत्यासी थापा
काठमाडाैं | बैशाख २७, २०७९
नेकपा एमालेकोतर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार कृष्ण थापाले विजय र विकासको सुरुआत पनि लेखनाथबाटै हुने बताएका छन् ।
नेकपा एमाले पोखरा २९ ले मंगलबार चुनावी अभियान अन्तरगत मेयर र उपमेयर सहितको घरदैलो पछिको कोणसभामा बोल्दै मेयर पदका प्रत्यासी थापाले पोखरा प्रवेश गर्ने कोत्रेबाट पोखरासम्म ६ लेनको बाटो र कोत्रेबाट पोखरा पस्दा नै युरोप पसे जस्तो अनुभुति हुने खालका विकासका संरचना निर्माण गरिने बताएका हुन् । ‘तपाईंहरु भोट दिनुहोस्, विकास गर्ने जिम्मा हाम्रो हो ।’ मेयरका प्रत्यासी थापाले भने, ‘लेखनाथ क्षेत्रलाई मैले प्राथमिकताका साथ हेरेको छु ।’
थापाले कम्तीमा हप्ताको २ दिन लेखनाथ मा आएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सबै ठाउँलाई समान रुपमा विकास गर्ने प्रतिवद्धता बोकेर आएको छु । तपाईहरुबीच प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, अबका दिनमा जनाताले वास्तविक रुपमा परिवर्तनको आभास हुने काम गरेर देखाउने छु ।’
यसैगरी उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले विभिन्न अप्ठेराका बीच पनि गएको ५ वर्षमा एमाले नेतृत्वको महानगरको टिमले सम्झन लायक धेरै काम गरेको दावी गरिन् । ‘सुरुका १ वर्ष स्थानीय तहको कानुन नै नभएकाले कानुन बनाउनमा नै समय खर्च भयो, योबीचमा धेरै कानुन बनाइएका छन् । फेरि २ वर्ष पुग्दा नपुग्दै विश्वव्यापी महामारीको रुपमा कोभिड आयो’ उनले भनिन् ।
गुरुङले यसबीचमा पनि पूर्वाधार निर्माणको क्षेत्रमा धेरै काम भएका दावी गरेकी छिन् । निवर्तमान उपमेयर समेत रहेकी गुरुङले युवालाई स्वदेशमा नै केही गरौं भन्ने भावना सृजना गर्न युवा स्वरोजगारका लागि प्राविधिक शिक्षा र महिलाका लागि बिना धितो महिला उद्यमी ऋणको व्यवस्था लगायतका कार्यक्रम भएको जानकारी गराएकी थिइन् ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङले २०७४ सालमा एमालेले यो वडामा विजय गरेको र अहिले पनि विजयी हुने दाबी गरेका छन् । अहिलेको स्थानीय निर्वाचनमा समेत विजयी भएर बाँकी रहेका अधुरा कामलाई पूर्णता दिंदै वडालाई विकासको नयाँ मोडलबाट नमुना योग्य वडा बनाएरै छाड्ने आफ्नो योजना सुनाएका थिए ।
एमालेका जिल्ला कमिटीका सदस्य विष्णु पुनले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा पाटी कमिटीका अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए । पूर्व सैनिकबस्तीबाट सुरु भएको मोटरसाइकल ¥याली खुदी, पावरहाउस, पट्नेरी हुँदै भण्डारढिकमा आएर समापन गरिएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

