विभिन्न हिमाल आरोहणका क्रममा चारको मृत्यु
काठमाडाैं | बैशाख २७, २०७९
काठमाडौं- यस महिना विभिन्न हिमाल आरोहणका क्रममा चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजंगा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो ।
ल्होत्से हिमाल आरोहणका क्रममा कोरियाका आरोही टोलीका गाइड खुदम बीर तामाङ पहिलो क्याम्पबाट वेपत्ता भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो । सोमबार देखि वेपत्ता भएका गाइड तामाङको जिवित भेटिने सम्भावना नभएकाले खोजी कार्य समेत स्थगित गरिएको शेर्पाले जानकारी दिनुभयो ।
साउथ कोरियाका आरोहीहरुले ल्होत्से हिमालको नयाँ बाटो [साउथ फेस]बाट आरोहण गर्न हिमाल तर्फ उक्लेका छन् । नयाँ बाटो भएकाले गाइड तामाङ क्रेभासमा फसेको हुनसक्ने अनुमान आरोहणदलका सदस्यहरुले जनाएका छन् । तामाङको टोलीमा रहेका कोरियाका आरोही सुङ तेइक होङ सहित छ जनाले भने आरोहणलाई निरन्तरता दिदै आएको कम्पनीले जनाएको छ ।
यस अघि बैशाख २२ गते कञ्चनजंगा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको थियो । त्यस्तै गरी धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको चैत २९ गते मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ ।
बैशाख १ गते सगरमाथाको आरोहण गर्ने क्रममा एक गाइडको मृत्यु भएको छ । खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका माप्य दुधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३७ वर्षीय गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको थियो । छेटु शेर्पा/गोरखापत्र
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

