ह्याण्डबल प्रतियोगितामा गण्डकीको महिला टिम सेमिफाइलन प्रवेश
पाेखरा | असोज २७, २०७९
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा प्रतियोगितामा गण्डकी प्रदेशका महिला र पुरष टोलीले अन्तिम चारमा स्थामा बनाएको छ ।
पुरषतर्फ गण्डकीसँगै , लुम्बिनी, आर्मी र एपीएफले अन्तिम चारमा स्थान बनाएका छन् ।
समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो । त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्त्रले समूह विजेता र लुम्बिनीले उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
पुरुषतर्फको ह्याण्डबलमा समूह ‘ए’ बाट गण्डकी र आर्मीमध्ये विजेता र उपविजेताको टुंगो लगाउन बाँकी छ। ५ टिम रहेको समूह ए मा गण्डकी र आर्मी दुबैले लगातार ३ खेल जित्दै अन्त्यमा २७र२७ को बराबरीसँगै समूहको लिग खेललाई अन्त्य गरेको थियो ।
यसअघि, लिगअन्तर्गत आर्मीले ४ खेलमा १७८ गोल गरेको छ भने ६३ गोल खाएको छ। यता, गण्डकीले लिगअन्तर्गतको खेलमा १८४ गोल गरेको छ भने ७४ गोल खाएको छ ।
सेमीफाइनलमा गण्डकीले लुम्बिनी र एपिएफले आर्मीको सामना गर्नेछ ।
महिला ह्याण्डबलतर्फ एपीएफ, गण्डकी, आर्मी र प्रदेश–१ अन्तिम चारमा
समूह ए बाट विभागीय एपीएफले समूह विजेताको स्थान बनाएको छ । एपिएफ समुह विजेता बन्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।
पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जारी महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ ।
सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बनाएको हो । सेमिफाइनलमा एपीएफ र प्रदेश–१ बीच सेमिफाइनल खेल्नेछ । त्यस्तै, विभागीय आर्मी र गण्डकी सेमिफाइनल खेल्नेछ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

