नवौं राष्ट्रिय खेलकुदः  ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

पाेखरा | असोज २७, २०७९

नवौं राष्ट्रिय खेलकुदः  ह्याण्डबलतर्फ समूह चरणका खेल जारी

पोखरा  :  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल (महिला/पुरुष)तर्फका समूह चरणका खेल जारी छन् । पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्ड हलमा खेल भइरहेका छन् ।  

 

खेलमा घरेलु टोली गण्डकी प्रदेशले तेस्रो जित निकालेको छ । गण्डकीले बागमती प्रदेशलाई ३२-१४ अङ्कले जित्दै निकाल्दै महत्वपूर्ण तीन अङ्क बटुलेको छ । लगातार तीन खेल जितेको गण्डकीले योसँगै नौ अङ्क पाएको छ । अर्को खेलमा त्रिभुवन आर्मीले लगातार तेस्रो जित जितेको छ । आर्मीले प्रदेश-१ लाई ५४-१० अङ्कको जित निकालेको हो । आर्मीले पनि नौ अङ्क जोडेको छ । 

 

यस्तै सशस्त्र प्रहरी बलको एपीएफले पनि लगातार तेस्रो खेल जित्दै नौ अङ्क बनाएको छ । एपीएपले प्रदेश-१ लाई ३५-५ अङ्कले जितेको हो । ह्याण्डबलको पुरुषतर्फ नै लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । लुम्बिनीले सुदूरपश्चिममाथि ३०-२५ अङ्कको जित निकालेको हो । जितसँगै लुम्बिनीले महत्वपूर्ण तीन अङ्क जोडेको छ । 

 

अर्को खेलमा कर्णाली प्रदेशले सङ्घर्षपूर्ण जित निकालेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले बागमतीलाई १८-१७ अङ्कले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबल खेलमा बागमती प्रदेशले जित निकालेको छ । बागमतीले मधेश प्रदेशलाई ६-४ अङ्कले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क बटुलेको हो । महिला ह्याण्डबल खेलमा विभागीय आर्मीले लगातार तेस्रो जित निकालेको छ । आर्मीले प्रदेश-१ माथि ३४-९ अङ्कको फराकिलो जित निकालेको हो । आर्मीले नौ अङ्क जोडेको छ । 

 

महिलातर्फ नै लुम्बिनी प्रदेशले सदूरपश्चिम प्रदेशलाई माथि १४-१० अङ्कले पराजित गरेको छ । दुई समूहमा विभाजन गरेर खेलाइएको छ । पुरुषतर्फ समूह ‘क’ मा गण्डकी, मधेश, बागमती, आर्मी र कर्णाली प्रदेश छन् । समूह ‘ख’ मा एपिएफ, लुम्बिनी, प्रदेश एक र सुदूरपश्चिम प्रदेश छन् । यस्तै महिलातर्फ समूह ‘क’ मा एपिएफ, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् । समूह ‘ख’ मा आर्मी, प्रदेश एक, बागमती, मधेश र कर्णाली प्रदेश छन् । 

पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

थप पढ्नुहोस्