नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र सुदुर पश्चिम विजयी

पाेखरा | असोज २५, २०७९

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफ र सुदुर पश्चिम विजयी

पोखरा :  गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा आज सम्पन्न दुई खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदुर पश्चिम प्रदेश बिजयी भएका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धाको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।

 

यसैगरी दोस्रो खेलमा सुदुरपश्चिमले घरेलु टोली गण्डकी प्रदेश माथि छ विकेटको जित निकालेको खेलमा बागमतीले निर्धारित २० ओभर खेल्दै सात विकेटको क्षतिमा ८९ रन जोडेको थियो । जितका लागि ९० रन पछ्याउने क्रममा एपीएफले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर जितको लक्ष्य भेट्टायो । एपीएफको व्याटिङमा रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाउनुभयो ।

 

बागमतीको तर्फबाट अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेल्नुभयो । एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक ÷एक विकेट लिनुभयो ।  बागमतीका बलरहरू सोनी पाख्रिन र सुमन खतिवडाले समान दुईरदुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिनुभयो ।

 

यसैगरी घरेलु टोली गण्डकी प्रदेशलाई छ विकेटले सुदुरपश्चिमले पराजित ग¥यो । पहिला व्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५९ रन बनायो । गण्डकीको तर्फबाट श्रृष्टि जैशीले २८, ज्योत्स्निका मरासिनीले सात, सिमाना केसीले छ, सिला क्षेत्रीले अविजित छ रन बनाउनुभयो । सुुदुर पश्चिमको बलिङतर्फ रितु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एकरएक विकेट लिनुभयो ।

 

जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदुर पश्चिमले १० दशमलव दुई ओभरमा चार विकेट गुमाउँदा विजयी लक्ष्य प्राप्त ग¥यो । सुदुर पश्चिमको व्याटिङमा रितु कनौजियाले २० बलको सामना गर्दै तीन चौकाको मद्धतमा २२ रन बनाउनुभयो । यसैगरी स्नेहा महराले २७ बलमा चार चौका सहित २१ रन जोड्नुभयो ।

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम ...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको मादी गाउँपालिका–१ खिलाङमा गएराति पहिरो जाँदा डुमप्रसाद गुरुङको गोठसँगै २ वटा भैसी पुरिएको छ ।  बिहीबार रातिकोे अविरल वर्षासँगै आएको पहिरोले गुरुङको गोठसँगै दुईवट...

थप पढ्नुहोस्

बलेवा:   बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षाया...

थप पढ्नुहोस्