को हुन् रास्वपा कास्कीका उम्मेदवार ?

पाेखरा | असोज २५, २०७९

को हुन् रास्वपा कास्कीका उम्मेदवार ?

पोखरा  :  राष्ट्रिय स्वतन्त्र पार्टीले कास्कीको तीनवटै क्षेत्रमा उम्मेदवार दर्ता गरेको छ । 

 

मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचनमा पार्टीले कास्कीको तिनवटा क्षेत्रबाट उम्मेदवार दर्ता गरेको हो । पार्टीले प्रदेशमा भने कुनै पनि क्षेत्रमा उम्मेदवारी दिएको छैन् । 

 

कास्की क्षेत्र नम्बर १ मा राईको उम्मेदवारी 

 

कास्की क्षेत्र नम्बर १ मा उदयपुरमा घर भएका २०५८ सालदेखि पोखरामा व्यवसाय गर्दै आएका राजु राईले प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका हुन् ।


 
४३ वर्षीय राईले २०५८ सालदेखि पोखरामा खाद्यान्न व्यवसाय गर्दै आएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिकाका महानगर सदस्य हुन् । 

 

कास्की क्षेत्र नम्बर २ मा कँडेल 

 

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवप्रसाद कँडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

 

१६ वर्ष शिक्षक पेशामा आवद्ध रहेका कँडेलले मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका हुन् । 

 

एमबीएस उत्तीर्ण कँडेलले पोखरा महानगरपालिका ३३ स्थित सरस्वती टिका माध्यमिक विद्यालयमा कार्यरत भएपनि अवकाश पछि राजनीतिमा होमिएका हुन् । उनी लायन्स क्लब, सहकारी लगायत अन्य क्षेत्रमा आबद्ध रहेका छन् । 

 

कँडेल राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका महामन्त्रीसमेत हुन् । 

 

कास्की क्षेत्र नम्बर ३ मा योगराज

 

कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ ४२ वर्षीय योगराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् । 

 

पर्यटन र यातायात व्यवसायमा संग्लन पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय  स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् । 

 

पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका उपसभापति हुन् । 

पोखरा:  गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सडक मानवमुक्त प्रदेशको यात्रामा सरकार र समाज एकसाथ अघि बढिरहेको बताएका छन् ।  संस्थागत सामाजिक उत्तरदायि...

थप पढ्नुहोस्

पोखरा:       गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भई आएका दुई वटा विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आज (सोमबार) प्रमाणीकरण गर्नुभएको छ ।   ...

थप पढ्नुहोस्

पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

थप पढ्नुहोस्