मतदान गरेर सुत्न जाने हैन, आँखा झिमिक्क नगरी मतपेटिका कुर्नुहोलाः अध्यक्ष ओली
काठमाडाैं | बैशाख २६, २०७९
नेकपा एमालेका अध्यक्ष केपी ओलीले वैशाख ३० गते सूर्यमा मतदान गरेपछि काम सकियो भनेर सुत्न जाने हैन भन्दै मतपेटिकाको अवस्था ख्याल गर्न मतदाता र कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै अध्यक्ष ओलीले भनेका छन् ‘सतर्क हुनुहोला, धाँधली हुनेमा चनाखो हुनुहोला ।’ गठबन्धनले मत पाएर हैन मतपेटिकामा चलखेल गरेर जीत्ने इतिहास बनाएका छन् भन्दै चनाखो हुन आग्रह गरेका हुन् ।
‘भोट हालेर घर जाने हैन, काम सकिएको हुँदैन’ ओलीले भने ‘सुत्ने हैन, आँखा झिमिक्क नगरी मतपेटिकाको आसपास बस्नुहोस् नत्र मन्दिरमा प्रसाद चोर्ने बाँदरजस्तै यता पनि ५ वटा हुल आउनसक्छ ।’
सम्बोधनकै दौरान ओलीले यो सरकार जनताको आदेशले नभई परमादेशले बनेको भन्दै वैशाख ३० गतेपछि पुनः जनताको आदेशमा एमालेले सरकार बनाउने दाबी गरे । ‘अब जनताको बल देखाउने बेला आएको छ, वैशाख ३० पछि एमालेको नाममा तपाइहरु (जनता)को सरकार हुनेछ ।
सोहीक्रममा कांग्रेसको आलोचना गर्दैै ओलीले युवाहरुलाई मलेसिया हैन देशमै रोजगार दिने, व्यवसायी बनाउने भन्दै देशमा अवसरको सृजना गरिदिने नीति रहेको बताए ।
काठमाडौं: काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सिन्दुरेचौर हुँदै मध्यपहाडी लोकमार्ग निर्माणाधीन छ । दुई वर्षअघि लोकमार्गको ट्रयाक खन्दादेखि सिन्दुरेचौरको माझीबस्ती ...
काठमाडौं: धानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले तराई मधेश र देशका अन्य भेगका नागरिकलाई चिसो मौसममा ठण्डीबाट बचाउने पूर्वतयार...
सप्तरी: सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन । पुल नबन्दा यस क्षेत्...