कास्की अपडेटः घान्द्रुक जाने बाटो अवरुद्ध, कतै घर भत्क्यो त कतै आगलागी

कास्की | असोज २१, २०७९

कास्की अपडेटः घान्द्रुक जाने बाटो अवरुद्ध, कतै घर भत्क्यो त कतै आगलागी

अविरल वर्षाकाकारण कास्कीका ४ गाउँपालिकाको जनजीवन धेरथोर असमान्य भएको छ । 

 

हालसम्मको जानकारी अनुसार अन्नपूर्ण गाउँपालिकाअन्तरगत घान्द्रुक जाने बाटो अवरुद्ध भएको छ । यस सडकखण्डको घाम्लेबाट केही तल पहिरोकाकारण सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । 

 

त्यस क्षेत्रमा बाटो खुलाउन गाउँपालिका र स्थानीयवासी जुटिरहेका छन् । तर अविरल वर्षाले कठिनाई भएको अध्यक्ष केसीले जनाए । 

 

हरसम्भव प्रयास भइँरहे पनि आज बाटो खुलाउन सम्भव नहुने उनको भनाई छ । 

 

घान्द्रुकमा हाल पर्यटक नभएपनि स्थानीयलाई भने असहज भएको उनले बताए । 

 

त्यस्तै, बनठाँटी जाने बाटोमा पनि माथिबाट पहिरो आएकाले अवरुद्ध भएको छ । पदमार्ग क्षेत्रमा क्षति भएपनि पर्यटकहरु नभएको उनको भनाई छ । 

 

यसबाहेक अन्य कुनै क्षति नभएको र विपद् परिहाले यथाशक्य चाँडो उद्धार र राहतकालागि पालिका सदस्य र स्थानीय तयारी अवस्थामा रहेको अध्यक्ष केसीले बताएका छन् । 

 

त्यस्तै, माछापुच्छ्रे गाउँपालिकाअन्तरगत मर्दी पदमार्गमा पर्ने चोरखोल्सा भन्ने स्थानमा बाटो अवरुद्ध भएपनि अहिले स्थानीयको प्रयासमा खुलाइएको छ । 

 

यसबाहेक पालिकामा अन्य कुनै घटना नघटेको अध्यक्ष मिनबहादुर गुरुङले जनाएका छन् ।

 

गुरुङका अनुसार पालिकाभित्र जनजीवन सामान्य छ भने मर्दी पदयात्रामा पर्यटक नभएकाकारण कुनै विपद्को खबर छैन । 

 

‘बाटोघाटो, मान्छे, वस्तुभाउ र खेतिपातीमा अहिलेसम्म कुनै क्षति भएको छैन’ अध्यक्ष गुरुङले भने ‘हामी सूचना संकलन र सहायताकालागि निरन्तर अपडेटमा छौं ।

 

यसैगरी, रुपा गाउँपालिकाको बेगनास–भोर्लेटार सडक खण्डमा क्षति भएको छ । 

 

उक्त क्षेत्रमा सडक खुलाउन स्थानीयवासीको पहलमा भर्खरै एकतर्फी सवारीसाधन सञ्चालन हुनेगरी बाटो खुलाइएको छ । तरपनि निरन्तरको वर्षाले पुनः अवरोध हुनसक्ने गापा अध्यक्ष नवराज ओझाले बताएका छन् । 

 

यसबाहेक हालसम्म रुपा क्षेत्रको जनजीवन सामान्य रहेको उनले जनाए । 

 

यता, मादीमा भने मध्यपहाडी लोकमार्गअन्तरगत मिजुरेमा पहिरो जाँदा त्यहाँ सवारीसाधन चल्न सकेको छैन । यातायात ठप्पै नभएपनि बाटो खुलाउँदै सवारी चलाउने काम भने भइरहेको छ । 
 

 

गापा अध्यक्ष देविजंग गुरुङका अनुसार निरन्तरको पानी र चाडले गर्दा काम गर्ने मान्छेको अभाव हुँदा सडक खुलाउन अप्ठेरो परेको छ । 

 

‘अहिले लोकमार्गका कामदार पनि छैनन्, हामीले सकेको प्रयास गरिरहेका छौं’ अध्यक्ष गुरुङले भने । 

 

त्यस्तै, मादीको वडानम्बर ३ मा २ तले पक्कीघर भत्किएको छ । घर भत्किएर पूर्ण क्षति भएको बताउँदै अध्यक्ष गुरुङले मानवीय क्षति भने नभएको बताएका छन् । 
 

 

गापाकै वडा ५ मा एक कटेरोमा आगलागी भएको छ । वस्तुभाउ राख्ने कटेरोमा आगो लागेको जानकारी गराउँदै गुरुङले अन्य क्षति हुन नपाएको बताए । 

 

‘यहाँ प्रतिकुल मौसम छ, हामी सकेसम्म सबै वडाको जानकारी लिइरहेका छौं’ गुरुङ भन्छन् ‘हामीले गापा, स्थानीयवासी र जिल्लामा समेत सम्पर्कमा छौं, केही भइहाले राहत र उद्धारमा केन्द्रीत हुन सबैलाई सूचना पठाएका छौं । 


 

पोखरा:   पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् ।  भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्...

थप पढ्नुहोस्

पोखरा:   सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्रदेशले बर्चश्व कायम गरेको छ । शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकी प्...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्