नवौ राष्ट्रिय खेलकुद: तनहुँमा बास्केटबल हुने

पाेखरा | असोज १५, २०७९

नवौ राष्ट्रिय खेलकुद: तनहुँमा बास्केटबल हुने

नवौ रािष्ट्रय खेलकुद प्रतियोगिताको महिला बास्केटबल  तनहुँमा हुने भएको छ । 

 

केहि दिन अघि राष्ट्रिय खेलकुद परिषदले पोखरामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन । 

 

पूर्व प्रदेश मन्त्रीद्धय किरण गुरुङ,हरि बहादुर चुमान,व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने,खेल पत्रकार र खेल संघका पदाधिकारीले तनहुँ जिल्लामा नवौ राष्ट्रिय प्रतियोगिताका केहि खेल आफ्नो जिल्लामा हुन पर्ने अडान राखे पछि अन्तत: नवौ राष्ट्रिय प्रतियोगिताको ३६ खेल मध्य महिला बास्केटबल तनहुँको दमौलीमा हुने भएको हो । 

 

तनहुँबाट दबाब आए पछि राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल स्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङले असोज ३ गते तनहुँको दमौली पुगेर त्यहाँका खेल स्थल अवलोकन गरेको थिए । 

 

खेल स्थल अवलोकन पश्चात गुरुङले स्थानिय प्रशासनको साथ पाए निर्मल माविको खेल मैदानमा महिला बास्केटबल हुने संकेत गरेका थिए । 

 

उनले तनहुँ पुगरे खेल स्थलको अवलोकन गरे पछि महिला बास्केटबल तनहुँ जिल्लाको सदरमुकाम दमौली अवस्थित निर्मल माविमा हुने उद्धघोष गरेका हुन । 

 

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल प्रतियोगिता हुने भनिएको निर्मल माविको बास्केटबल कोर्ट करिब ३ बर्ष अघि राष्ट्रिय खेलकुद परिषदको ४० लाख लगानीमा स्थापना भएको तनहुँ जिल्ला खेलकुद विकास समितिका प्रमुख शिव हरि पंण्डितले बताए । 

 

तनहुँ जिल्ला खेलकुद प्रतियोगिता गर्न सक्षम छ: व्यासनगरपालिका प्रमुख न्यौपाने 

 

“नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे खेल संघ संग क्मुनिकेशन ग्याप भयो,खेलस्थल तालिकामा तनहुँ जिल्लाको नाम नदेखे पछि हामी तातिएका हौ । राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु संग कुरा ग¥यौ र खेल मैदानको देखायौ उनीहरुलाई हामी राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सबै व्यवस्थापन गर्न सक्छौ भन्ने प्रतिबद्धता जनाईसकेर काम शुरु गरे पछि नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला बास्केटबल तनहुँमा गर्ने पक्का भएको छ ।”मेयर न्यौपानेले भने । 

 

तनहुँ जिल्लामा आयोजना हुने महिला बास्केटबल प्रतियोगिता सफल बनाउनको लागि व्यासनगरपालिका लगायत अन्य स्थानिय निकायले पनि सहयोग गरेको छ । जसमा व्यासनगरपालिकाले ७ लाख ३० हजार,शुक्लागण्डकी नगरपालिका,भानु नगरपालिका र भिमाद नगरपालिकाले १÷१ लाख सहयोग गरेको छ । 

 

त्यस्तै घिरिङ गाउँपालिका,रिसिङ गाउँपालिका,म्याग्दे गाउँपालिका,बन्दिपुर गाउँपालिका,आबु खैरेनी गाउँपालिका र देवघाट गाउँपालिका गरि ६ गाउँपालिकाले ५०/५० हजार सहयोग गरेको व्यासनगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए । 

 

‘सात लाख ३० हजार चान चुनमा खेल मैदान बिस्तारको लागि व्यासनगरपालिकाले खर्च गर्ने छ , ठेकेदारले दिन रात गरेर भए पनि खेल मैदान समयमा तयार गर्ने बताएको छ  ।’ त्यसको लागि काम धे्रै अघि बढेकोले अब खेल हुन्न कि भन्ने शंका नगर्न मेयर न्यौपानेले खेलप्रेमी र खेलाडीहरुलाई आग्रह समेत गरे । उनले भने तनहुँ जिल्ला राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सक्षम छ । ’

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्दे...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले भोलि (शनिवार)  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।    अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...

थप पढ्नुहोस्