आत्महत्या रोकथाम गर्न सचेतना कार्यक्रम
कास्की | असोज १४, २०७९
पोखरा: मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कोशिश राष्ट्रिय मानिसक स्वास्थ्य स्वाबलम्वन संगठनको आयोजना, सिबिएमको सहयोग र पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।
पोखरामा भएको एक दिने कार्यक्रममा कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले संस्थाको परिचय दिँदै संस्थाले गरेका गतिबिधिका बारेमा जानकारी गराए । उनले बहुपक्षीय सहयोग र सहकार्यमा मात्र आत्महत्याको जोखिम घटाउन सकिने उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सेनलाले आत्महत्याको बर्तमान अवस्था, चुनौती र रोकथामका उपायहरुका बारेमा प्रस्तुतिकरण राखे । उनले आत्महत्या पूर्व देखिने संकेत र रोकथामको बारेमा जानकारी गराए । गण्डकी मेडिकल कलेजका मनोचिकित्सक रबिराज तिमिल्सेनाले मानसिक स्वास्थ्य, सरकारी निति सम्बन्धी प्रस्तुुतिकरण प्रस्तुत गरे ।
पोखरा महानगरपालिका स्वस्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र सुनारले महानगरले आत्महत्या रोकथाममा गरेका गतिबिधिहरुको बारेमा जनाकारी दिए । उनले मानसिक स्वास्थयको क्षेत्रमा बजेट कम भएको गुनासो गरे ।
कार्यक्रममा वडा नं. २२ का वडा अध्यक्ष हिमलाल पराजुली, मानोविद् बिनय पाण्डे, पैरवी अधिकृत बसन्ती खत्री, मनोबिर्मश कर्ता नबिना शर्मा लगाएतले मनोसामाजिक सुस्वास्थय तथा आत्महत्या रोकथामको बिषयमा बोलेका थिए । कार्यक्रममा पोखरा महानगरपालिकाका ४० जना जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

