सामाजिक कार्यमा जुट्दै नेपाली सेना
डोटी | असोज १३, २०७९
डोटी । गएको सोमबार डोटीको झिग्रानादेखि कुडासैन जाने सडकमा लगातारको वर्षापछि ठूलो पहिरो गयोे । धामीडाँडा तथा गैरागाउँका स्थानीयलाई बगलेक हुँदै जिल्ला सदरमुकाम जान निकै सास्ती भयो । आफ्नो उत्पादन नियमित स्थानीय बजारमा पुर्याउने कृषक पनि गाउँमै रोकिए ।
सडक अवरुद्ध भएर स्थानीयले सास्ती बेहोर्नुपरेको खबर खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको श्री सिंह सार्दूल गुल्मलाई पुग्यो । त्यसपछि गुल्मबाट खटिएको टोलीले पाँच घण्टा समय लगाएर पहिरो पन्छ्यायो र अवरुद्ध सडक खोल्योे । अहिले सो सडक नियमित सञ्चालनमा छ ।
गुल्मले झिग्रानाको पहिरो मात्रै होइन, मध्यवर्ती क्षेत्रभित्र धेरै सामाजिक काम गरिरहेको छ । बझाङ, बाजुरा, अछाम र डोटीको मध्य भागमा पर्ने खप्तडको वरिपरि सरसरफाइदेखि प्रकृति संरक्षणका लागि चेतनामूलक कार्यक्रमसम्म गरिरहेको छ ।
बुधबार मात्रै गुल्मले डोटीबाट खप्तड प्रवेशद्वार झिग्रानादेखि बीचपानीसम्मको फोहोर व्यवस्थापन गरेको थियो । गुल्मपति सेनानी विनोदबहादुर सिल्वालले साढे छ किलोमिटर बाटो सरसफाइ गरेको बताउनुभयो । उहाँका अनुसार डोटीबाट खप्तड प्रवेशको बाटो मात्रै नभई सबै जिल्लाबाट खप्तड आउने बाटो सरसरफाइ गरिएको छ । निकुञ्जका कर्मचारीलाई समेत सहभागी गराई सरसफाइ गरेर व्यवस्थापन गरिएको सेनानी सिल्वालले बताउनुभयो ।
प्रकृति संरक्षणसम्बन्धी जनचेतना
गुल्मले सोमबार र मङ्गलबार अछामको साँफेबगर नगरपालिका–११ भिर्खु र दैलेकान्दामा प्रकृति संरक्षणसम्बन्धी स्थानीयमा जनचेतना कार्यक्रम गरेको छ । स्थानीय ४० जनाको सहभागितामा जनचेतनामूलक कार्यक्रम गरिएको सेनानी सिल्वालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय धेरै ठाउँमा प्रकृतिको दोहन भइरहेको छ । त्यसलाई रोक्नु सबैको कर्तव्य हो । त्यसैले गुल्मले विभिन्न ठाउँमा प्रकृतिको संरक्षणका लागि सन्देशमूलक कार्यक्रम गरिरहेको छ ।”
कार्यक्रममा शिक्षक, विद्यार्थी तथा स्थानीयलाई सहभागी गराई सन्देशमूलक पर्चापम्पलेट पनि वितरण गरिएको उहाँले बताउनुभयो । सेनानी सिल्वालले यस्ता कार्यक्रमले प्रकृति संरक्षणमा जोड पुग्ने विश्वास लिएको बताउनुभयो ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

