मनाश्लु हिमालमा हिमपहिरो: १५ जना घाइते, दुई जना गम्भीर
गोरखा | असोज १०, २०७९

गोरखा । मानश्लु हिमालमा हिमपहिरो जाँदा कम्तिमा १५ जना घाइते भएका छन्। घाइते हुनेमा अधिकांश सहयोगी शेर्पाहरु रहेको राजेन्द्र ठकुरीले जानकारी दिए। उनका अनुसार दुई जना गम्भीर घाइते छन्।
इम्याजिन नेपालको टोलीका लागि क्याम्प ३ देखि क्याम्प ४ मा सामान पुर्याउन जाँदा हिमपहिरो गएको हो। गम्भीर घाइते हुनेमा निमा दोर्जे शेर्पा र जितबहादुर शेर्पा रहेका छन्।
मौसम प्रतिकूलताका कारण घटनास्थलमा हेलिकोप्टर जान नसकेको ठाकुरीको भनाइ छ। घाइतेको उद्धारका लागि हेलिकोप्टर बोलाइए पनि मौसम प्रतिकूलताका कारण आउन सकेको छैन,ु उनले भने।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...