पोखरामा मौलिक डकुमेन्ट्री प्रर्दशनी हुने

पाेखरा | असोज ९, २०७९

पोखरामा मौलिक डकुमेन्ट्री प्रर्दशनी हुने

पोखरा  :  रंग तथा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले निर्देशन गरेको भिडियो तथा डकुमेन्ट्रीहरु पोखरामा प्रर्दशन हुने भएको छ । 

 

हरीनास सिर्जनशील समूह पोखराको आयोजना र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । असोज १५ गते पोखरा थियटरमा सिञ्जालीले निर्देशन गरेका १५ वटा भिडियोहरु प्रर्दशन  हुने कार्यक्रम संयोजक तथा हरीनास सिर्जनशील समुह पोखराका अध्यक्ष रुद्र सन्देशले जानकारी दिए । प्रर्दशनीमा मुस्ताङ ,कास्की, स्याङजा लगायतका स्थानका मौलिक लोक संस्कृति बोकेका भिडियो र डकुमेन्ट्रीहरु देखाईनेछ ।

 

भिडियोका निर्देशक सिञ्जालीका अनुसार मुस्ताङ जिल्लाका धाज्याङ, झोम्लु,याङजी,घ्या ला सिङसो,क्याङ ल्याचे क्याङ ,तलुु ,याङजी लगायतका गीत र नृत्य भिडियो  स्याङजा र कास्कीमा प्रचलित ठाडोभाका ,बाजेबजै पुजा साथै भैरमथानको यात्रा भाग १ ,रेडियो नेपाल पोखराको परिचय लगायतका  डकुमेन्ट्रीको प्रर्दशन हुनेछन । 

 

भिडियोहरुले संस्कृति संरक्षण गदै पुस्ता हस्तान्तरणमा लागि सहयोग पुग्ने आसा राखेको निर्देशक थापाले बताए । मुस्ताङको वारागुङ गाउँपालिकाले स्थानीय कला ,संस्कृति,भाषा संस्कृति संरक्षण गर्ने क्रममा यस्तो कार्यक्रममा जोडिन पाउदा खुशी लागेको  प्रमुख प्रशासकीय अधिकृत जीत वहादुर रानाको भनाइ छ ।

कास्की:   पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   पोखरा महानगरपालिका –१०, रामघाट...

थप पढ्नुहोस्

गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

थप पढ्नुहोस्

पोखरा:   डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ ।  ...

थप पढ्नुहोस्