गण्डकीमा माननीयहरुको ‘चिया खर्च’ साढे ९२ लाख !
पाेखरा | असोज ९, २०७९
पोखराः गणतन्त्रको पहिलो कार्यकाल सकिँनैलाग्दा प्रदेश सरकारहरुको खर्च सार्वजनिक हुन थालेको छ ।
प्रदेशको खर्च विवरणअनुसार गण्डकी प्रदेश सरकारले ५ वर्षमा सांसद र पिएको सेवा–सुविधामामात्रै ३३ करोड ४२ लाख रुपैयाँ खर्चेको छ । कानूनतः तलब वा पारिश्रमिक नभनि सेवा, सुविधा भनिन्छ ।
यस ५ वर्षमा प्रदेशमा विभिन्न संसदीय दल सञ्चालनको लागि चियापान खर्चमा ६४ लाख ७५ हजार १ सय रुपैयाँ खर्च भएको जनाएको छ । जसमध्ये पछिल्लो तीन आर्थिक वर्षमा संसदीय दलका सदस्यहरुले वार्षिक २० लाख बढीको चियापान गरेका छन् ।
प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एसको कार्यालय रहेको छ ।
त्यस्तै, प्रदेश सभा बैठकमा २७ लाख ६६ हजार २७१ रुपैयाँ चियापानमा खर्च भएको प्रदेशसभा सचिवालयको विवरणमा जनाइएको छ ।
सभा र सचिवालयको चियापानमामात्रै कूल ९२ लाख ४१ हजार ३७१ रुपैयाँ खर्च भएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

