अनुभव, काम र उपलब्धीको सांगोपांगो चर्चा ‘महानगरका पाँच वर्ष’
काठमाडाैं | बैशाख २४, २०७९

पाेखराः पोखरा महानगरमा भएका काम, मेयरलगायत पदाधिकारीको अनुभव र उपलब्धीलाई पुस्तकाकारमा सार्वजनिक गरिएको छ ।
यो पाँच वर्षमा पोखरा महानगरपालिकाले गरेका नीतिगत निर्णय, पूर्वाधार निर्माण लगायत विविधि विषयलाई समेटेर तयार पारिएको पोखरा महानगरका पाँच वर्ष पुस्तक विमोचन गरिएको छ । पोखरा महानगर प्रमुख मानबहादुर जिसीले उक्त पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै महानगर प्रमुख जिसीले यो पुस्तकले अब नयाँ आउने नेतृत्वलाई महानगर बारे योजना बनाउन सघाउने उल्लेख गरे । पोखरा बारे चासो राख्ने, अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि यो पुस्तक महत्वपूर्ण अभिलेख भएको भनाइ जिसीको छ ।
महानगरको यो कार्यकाल संघियता कार्यान्वयन, संस्थागत विकास र एकीकृत भावनाको थालनीको कार्यकाल भएको जिसीले बताए । नागरिकले आफूलाई सार्वभौम भएको अनुभूति गर्नेगरी संघियता कार्यान्वयनको पहिलो चरणमा काम गर्न पाउँदा गौरव लागेको जिसीको भनाइ छ । यो अवधिमा संघियता कार्यान्वयन र समृद्धिको जग बसेकाले अब आउने नेतृत्वलाई काम गर्न सहज हुने विश्वास जिसीको छ ।
कार्यक्रममा पुस्तक लेखन तथा सम्पादनको नेतृत्व गर्नुभएका राजनीतिक विश्लेषक झलक सुवेदीले पोखराको भौगोलिक र राजनीतिक अवस्थासहित यो पाँच वर्षमा भएका महत्वपूर्ण उपलब्धि र विविध विषयलाई पुस्तकमा समेट्ने प्रयास गरिएको बताए । पोखरा बारे नीति, निर्माण गर्न तथा दीर्घकालीन योजना बनाउन पुस्तकले मार्ग निर्देश गर्ने भनाइ सुवेदीको छ ।
संघियता कार्यान्वयनको यो पाँच वर्षमा महानगरले लय समातेकाले आगामी आउने नेतृत्वलाई काम गर्न सहज हुने सुवेदीले बताए । तथ्यांक वा कुनै पनि विषयको जानकारी, सूचनालाई अभिलेखीकरण गर्न स्थानीय तहले प्राथमिकता राखेर काम गर्नुपर्ने उनको सुझाव छ ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले पुस्तक प्रकाशन महत्वपूर्ण कार्य भएको बताए । पुस्तकले पोखराको समग्र पाटोलाई समेटेकाले यो ऐतिहासिक दस्तावेज भएको उनको भनाइ छ । पुस्तकमा पोखरा महानगरको परिचय, महानगरको संगठनात्मक संरचना, निर्वाचित जनप्रतिनिधिको परिकल्पना, प्राप्ती र भविश्य, यो पाँच वर्षमा भएका मुख्य उपलब्धि, महिला र दलित महिला सदस्यका अनुभूति, विविध गतिविधि र कार्यहरु, विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पोखरा बारेमा दिएका विचारका साथै यो पाँच वर्षमा ३३ वटै वडामा भएका कामहहरुलाई समेटिएको पोखरा महानगर प्रमुख जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
पुस्तक विमोचन कार्यक्रममा पोखरा महानगरपालिका प्रवक्ता धनबहादुर नेपाली, सचेतक रामराज लामिछने, पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेल लगायतले पुस्तक प्रकाशन एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...