‘एनएमबीको एटिएममा साढे १२ फिटकाे खुकुरी हानेका थिए 'कुमाल'
पाेखरा | असोज ४, २०७९

कास्की: पोखरा महानगरपालिका ६ लेकसाइडस्थित एनएमबी बैकको एटिएम मेशिन तोडफोड गर्ने १ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ घर भई हाल पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने वर्ष २५ वर्षिय मनोज कुमाल रहेका छन् ।
पक्राउ परेका कुमालले आज बिहानै करिब ४ बजे खुकुरी प्रयोग गरी तोडफोड गरी नगद चोरी गर्न प्रयास गरेका थिए ।
सोही सुचनाको आधारमा कास्की प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले बताए ।
उनका अनुसार पक्राउ परेका कुमालको साथबाट साढे १२ फिट लामो फलामको खुकुरी बरामद गरिएको छ । ‘हामीले नियन्त्रणमा लिएका छाैं । कुमालले साढे १२ फिटको खुकुरी प्रयोग गरिएको पाइएको छ,इन्सपेक्टर खड्काले भने, 'अहिले कास्की जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दा दर्ता गरि ७ दिनको म्याद थपी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’
यसअघि हिजो (सोमबार) मात्रै पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम फोड्न प्रयास गरेका पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षिय सन्दिप बस्नेतलाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।
यसैगरि सोही घटनामै संलग्न रहेका पोखरा १६ बस्ने १९ वर्षिय अनिश रानालाई भाग्ने क्रममा पक्राउ गरिएको थियो ।
उनीहरुलाई पनि जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा दिन ७ को म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ: यातायात व्यवसायीले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि...
पोखरामा बढी भाडा असुल्ने ८ जना इन ड्राइभ राईडरहरू कारबाहीमा परेका छन् । आइतबार राति करिब ८ बजेको समयमा इन ड्राइभ राईडरहरूले बढी भाडादर लिएको भन्ने गुनासो प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय क...
पोखरा: गत १५ गतेदेखि सार्वजनिक यातायात बन्द गरिएपछि अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याउनका लागि आज (साेमबार) पनि स्कर्टिङ गरिएको छ । सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डक...